आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज

नेपाल वायु सेवा निगमले पहिलो पटक वाइडबडी जहाज भित्र्याएको छ । फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि ‘ए ३३०–२००’ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज नेपाल आइपुगेको छ।  ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजको नाम ‘अन्नपूर्ण’ राखिएको छ।

जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली गत मंगलबार युरोप गएको थियो। महाप्रबन्धन कंसाकारसहितको टोली यही जहाजमा आएको थियो। जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं अवतरण गरेको हो। कंस्कारसहित एकजना इन्जिनियर र एक कानुन विज्ञ फ्रान्स गएका थिए। जहाज ल्याउने प्रक्रियाका लागि नागरिक उड्ययन प्राधिकरणका तीनजना प्राविधिक त्यसअघि नै फ्रान्सको टुसुल सहरस्थित एयरबस कम्पनीमा पुगेका थिए।

निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज आइपुगेको हो। २०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो। निगमले योवाइडबडीको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने घोषणा यसअघि नै गरिसकेको छ। एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ।

यो वाइडबडी नेपालको आफ्नै सबैभन्दा ठूलो जहाज हो। २८० सिट क्षमताको यो वाइडबडी जहाजमा सिट एसेम्बल (जडान) गर्दा भने १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लास सिट राखिएको निगमले जनाएको छ। पहिलोवाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ। विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो।