भारतमा माओवादीकाे भिषण आक्रमण ६ सुरक्षाकर्मी मृत्यु, कैयौं घाइते

मुख्यमन्त्रीले गरे यस्ताे ट्ववीट

भारत झारखण्डको गढवा नजिक मंगलवार राती भारतीय माओवादीले थापेको ल्याण्डमाइनमा परि प्रहरीको गाडी विष्फोट भएको छ । विष्फोटपछि उनीहरुले अन्धाधुन्ध गोलाबारी गर्दा झारखण्ड जगुआर फोर्सका ६ जना सुरक्षाकर्मी मारिएका छन् । भने चार जना घाइते भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

माओवादीले घाइते सुरक्षाकर्मीका हतियार लुटेर लगेका छन् । पलामूका डीआईजी विपुल शुक्लाले छ जना सुरक्षाकर्मीको मृत्यु भएको बताए । उनकै नेतृत्वमा बुधवार फेरि गढवा–लातेहार सीमामा कोबरा बटालियन र माओवादीबीच मुठभेड भएको छ । यसमा एक जना माओवादी मारिएको बताइएको छ ।

गढवा र लातेहार जिःल्ला प्रहरी, सीआरपीएफ र झारखण्ड जगुआर फोर्सले संयुक्त रूपमा बूण्ढा पहाडमा माओवादीविरुद्ध ठूलो अभियान चलाइरहेका छन् । यसक्रममा झारखण्ड जगुआर फोर्सको टोली मंगलवार दिउँसो २ बजे भण्डरिया सुरक्षा क्याम्पबाट उनीहरु छापामार मार्न गएका थिए । बूण्ढा पहाडको फेदमा सुरक्षाकर्मीलाई लक्षित गरेर शिञ्जो गाउँ नजिक माओवादीहरुले ल्याण्डमाइन राखे । जब सुरक्षाबलको गाडी त्यहाँ पुग्यो ठूलो आवाजका साथ ल्याण्डमाइन विस्फोट भयो ।

विष्फोटनमा परि गाडी आकाशमा उड्यो । त्यसपछि माओवादीहरुले फायरिङ शुरू गरे । जुन गाडीलाई माओवादीले उडाए त्यसमा कति सुरक्षाकर्मी थिए त्यो अहिलेसम्म बताइएको छैन ।

यअिधि बूण्ढा पहाडमा सन २०१० मा १३ जना सुरक्षाकर्मी माओवादी आक्रमणमा परि मारिएका थिए । सोही स्थानमा माओवादीले आठ वर्षपछि आक्रमण गर्दा ठूलो संख्यामा सुरक्षाकर्मीको हाताहाती भएको हो । यसभन्दा पहिलो २०१० मा पनि ल्याण्डमाइन विस्फोट गराएका थिए । जसमा १३ जना मारिएको थिए । त्यतिबेला माओवादीले करीब १०० व्यक्तिलाई बन्धक बनाइका आरोप छ । छ महीना अघि पनि माओवादीले सोही गाउँबाट ११ जनालाई अपहरण गरेका थिए ।

माओवादीे गतिविधि बढेपछि गएको छ महीनादेखि सुरक्षा बलले झारखण्ड र छत्तीसगढ क्षेत्रमा ठूलो अभियान चलाइ राखेको छ । तर अहिलेसम्म सुरक्षाकर्मीले सो क्षेत्रमा कुनै उपलब्धी हासिल गर्न सकेका छैनन् ।

मुख्यमन्त्रीले गरे ट्ववीट

मुख्यमन्त्री रघुवर दासले ट्ववीट गर्दे बूढा पहाडमा माओवादीले सुरक्षाकर्मी माथि कायरतापूर्ण हमला गरेको बताएका छन् । हाम्रा साहसी सुरक्षाकर्मीको शाहदातप्रति मन दुखी भएको छ । हामीले झारखण्डबाट माओवादीहरुको विऊ नै उन्मुलन गरेर पछि मात्रै शहीद जवानप्रति साच्चा श्रद्धाञ्जलि हुनेछ । शहीद परिवारप्रति मेरो सम्बेदना छ ।