अनुगमन समितिद्वारा पेट्रोल पम्प शिल

बाँके,नेपालगन्जको जयसपुरमा रहेको पेट्रोल पम्प अनुगमन समितिले शिल गरेको छ । मापदण्ड भन्दा कम पेट्रोलियम पदार्थ दिएर ग्राहक ठगिरहेको फेला परेपछि समितिले जयसपुर स्थित जय बागेश्वरी आयल स्टोर शिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, आयल निगम, नाप तौल तथा गुणस्तर कार्यालय सम्मिलित अनुगमन टोलीले प्रति १० लिटरमा ४० एमएल तेल कम दिने गरेको फेला पारेको बताइएको छ । समितिले पम्प शिल गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।