यस्तो छ गृहको चाल सिनियर एआईजीलाई घर पठाउन

गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ डीआईजीलाई अवकाश दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा रोकेको छ।

  एक महिनाको अवधिमा प्रहरी जवान देखि डीआईजीसम्म रिक्त सबै बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ५ जना डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृहमन्त्रालयको नियत देखिएको खबर कारोबार दैनिकमा छ। 

बढुवाका लागि पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह, शरद चन्द, धिरु बस्न्यात, ठूले राई, मनोज न्यौपाने, सुरेन्द्रविक्रम शाहलगायतका डीआईजी प्रतिस्पर्धामा रहेका छन्।