फेसबुकबाट युवती जिस्क्याउने पक्राउ

कंचनपुरमा सामाजिक संजाल फेसबुकमा नक्कली आइडी बनाई महिलालाई जिस्क्याउने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका– ६ का ३५ वर्षीय बब्लु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

गुरुङले फेसबुकमा पाँचवटा बढी युवतीहरूको नामबाट नक्कली आइडी बनाई महिलाहरूलाई फोन गरी अश्लील शब्दको प्रयोग गरी गाली गलौज गर्दै आएकामा पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

‘युवतीहरूको मान मर्यादामा आँच आउने गरी फोटो बिगारेर अपलोड गर्नका लागि राखेको र मोबाइल फोनबाट ३० बढी महिलाहरूलाई गाली गलौज गर्ने गरेको पाइएको छ’, उनले भने।