ललितपुरमा प्रहरी र स्थानीय युवाहरूको सक्रियतामा गाँजा खेति नष्ट

ललितपुर महानगरपालिकाकाे वडा नम्बर १३ मा प्रहरीले स्थानीय युवाहरूको सक्रियतामा गाँजा फँडानी गरेको छ। प्रहरीले स्थानिय युवा तथा समाजसेवीहरूकाे अगुवाइमा गाजा खेति नस्ट गरेकाे हाे । 

महानगरको १३ नं वडाक्षेत्रमा खाली जग्गामा व्यापक रूपमा लगाइएको गाँजा खेती शनिबार र अाइतबार स्थानीय प्रतिनिधि कबिर बस्नेत, युवा जुझारु समाज सेवी नातनध्वज थापा र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन ललितपुरको सक्रिय सहभागितामा नष्ट गरिएको छ ।

स्थानीय क्षेत्रमा हुने गरेको यस किसिमको लागू अौषध गाँजा जस्ता लागू पदार्थको उत्पादन र उपयोगले यसक्षेत्रका युवाहरूमा नकारात्मक प्रभाव पारेको र उनीहरूलार्इ कुलतमा फस्न अभिप्रेरित गरेको कारण सोबाट बचाउन यहाँका युवा, स्थानीय प्रतिनिधिहरू एवं संस्थाको सहयोगमा जनचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

यसैगरी, गाँजा फँडानी र जनचेतनामुलक कार्यक्रमपश्चात् महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी विनोद सिलवालसहितको टोलीले १३ नं वडाक्षेत्रमा शान्ति सुरक्षा सम्बन्धी व्यापक प्रचारप्रसार पनि गरेको थियो ।