मेक्सिकोसँग १-० ले पराजित भयो डिफेन्डिङ च्याम्पियन जर्मनी

डिफेन्डिङ च्पाम्पियन जर्मनी रुसमा जारी विश्वकप २०१८ को पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको छ। जर्मनीले गोल गर्न नसक्दा मेक्सिकोका हिर्भिङ लोजानोले खेलको ३५ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। केही राम्रा अवसर पाएपनि जर्मनीका खेलाडीहरूले बललाई जाली चुमाउन सकेनन्।

मेक्सिकोको डिफेन्सका सामू जर्मनीका खेलाडीहरू फिका सावित भएका थिए। सन् २०१४ को विश्वकप विजेता जर्मनीले रुस विश्वकपमा पराजयका साथ यात्रा सुरु गरेको छ।

विश्वकपको दावेदार मानिएको जर्मनीले आइतबार भएको पहिलो खेलमा खाता नै खोल्न सकेन। यसपछि ब्राजिल र स्वीजरल्यान्ड प्रतिस्पर्धा गर्न गइरहेका छन्। आजै भएको पहिलो खेलमा कोस्टारिकालाई सर्बियाले पराजित गरेको थियो।