तिम्रो सम्झनामा

कविता

विवश कुमार सेजुवाल

जब म सधैं हिड्ने बाटाहरुमा
लाग्छ अब कहिल्यै हिड्ने छैन
ती थकाइ मेटाउने चौतारीहरुमा
लाग्छ अब कहिल्यै निर्धक्क बस्न सक्ने छैन ।
बाटाहरु फेरिएका हुन् या चौतारी
फेरिएकाहरु भित्र म नदेख्ने भए ति मेरा प्यारा दौँतरी ।
म आफू फेरिने त अनेक कारणहरु थिए ।
नफेरिएकाहरु ले किन चोट दिन्छन् अनेक थरी
जब उनीहरुको बिचमा हुन्छु
फेरि निशब्द ,मौन ,
तिम्रो सम्झनामा ।

तिम्रो आँखामा देखिने आगो
आज सधैंका लागि निभेको देखेको छु 
तिम्रो निधारमा देखिने त्यो चमक !
आज सधैंका लागि ओइलिएको देखेको छु ।
हाम्रो खुसीमा तिम्रो छाती भित्र नाच्ने 
ती सुन्दर रक्तबिचहरु !
आज खै कता हराएको देखेको छु 
जब म तिम्रो आँखा भित्र हुन्छु 
अनि तिमी रुने ठाउँमा म आफै रुन्छु !
तिम्रो सम्झनामा ।

आँसु झरेर आँखा सेलाएका छैनन् 
उनीहरुको ओठमा देखिने ती मुस्कानहरु
हाम्रा भने पटक्कै होइनन् !
छाती पिटिरहेका ती कोपिला
आज बेखबर जस्तै छन् ।
तिम्रो उस्तै तर फरक
बलिदान र बिरताको गाथा सम्झिदा !
ताराहरु झरेर आकाश कहिल्यै रित्तो हुदैन 
बन डडेलो ले खादैमा मृग कहिल्यै भोको हुदैन

छाती भित्र जत्रो हुटहुटी चले पनि
मन ले भन्छ अहँ पटक्कै रुनु हुदैन
तर अनायासै बर्सिने बर्षाहरु 
आँखा को परेली मा छुनु त कहिल्यै हुदैन
यी सब थोक
तिम्रो सम्झनामा ।।