हस्ताक्षर गर्न नसकेको मृत्युपत्र

आज छुट्टीको दिन, यो छोटो समय सदुपयोग गर्न हरेक शनिवार म केहि अक्षरहरुसँग भलाकुसारी गर्छु । पुस्तक च्यापेर कोठा बाहिर निस्किए । अलि पर आकर्षक फुलहरु फुलेको बगैचा देखियो त्यै टोलिए केहिबेर र केहि लेख्न मन लाग्यो समय बसन्तको छ के लेख्नु ? फुल हेर फुलै राम्रो जुन हेरे जुनै राम्रो । सोचे आज यहि फुलको बारेमा लेख्छु । भोलि यो फुल रहने होइन क्यारे ।

किनकि संसारका हरेक सुन्दर बस्तुहरुको आयु छोटो हुन्छ । ऋतुहरुको बसन्त जस्तो अझ भनौ बसन्तमा फुलिने फुल जस्तो त्यस्तै जिन्दगी पनि एक हो । यो सुन्दर छ , छोटो छ तर यो बसन्त भने होइन न त बसन्तमा फुलीने फुल नै । यथार्थ मा यो त सबै ऋतुहरुको एक समय चक्र हो । बसन्तमा रङ्गिचङ्गि फुलहरुको मौसम , गृस्ममा असिना पसिना र बढि भेलको मौसम,शिशिरमा कतै चोसो र ठण्डीको मौसम त्यस्तै शरदको हावा हुरिमा भने उराठ बिराठको ।यस्तै यस्तै जिन्दगी पनि ।

एक्कासि खल्तिको फोन बज्यो साझको समयमा एक जना मित्रले फोनमा भेट्न मन लागेको कुरा बताउनु भो । समयले साथ दिए सम्म भेट्ने बाचा गरे । शनिबार साथीहरू जम्मा भएर रमाइलो गर्ने चलन हुन्छ बिदेशमा कोहि बाहिर घुम्न निस्किन्छन त कोहि कोठामै दिन बिताउने गर्छ्न । हुनत परदेशमा कुनै अन्जान नेपाली अनुहार देखियो भने पनि आफ्नै दाइभार्इ र दिदीबाहिनी जस्तो लाग्छ ।

अझ हामी त नेपालबाटसँगै आएकोले बढी नजीक थियौ । भावनात्मक रुपले यस्तै भेट्मा सुखदुःख साट्छौ । खानपिन गर्छौ ,यो पिउने कुरा बडो अचम्मको हामीले सराब पिउछौ सराबले हाम्रा सबै शरिरिक र मानसिक मनका पीर ब्यथा पिइदिन्छ र केही ओकेलीदिन्छ मनका कथा ब्यथाहरु । मलाई पनि पिउन आग्रह गरेपछी नार्इ भन्न सकिन ,करै लाग्यो त्यो दिन ।

उता साउण्ड सिस्टममा गित पनि बझ्यो
पिउदिन भन्दा भन्दै पिलायो साथिले
गित सकिए पछिका कुरा हरु …….

बुबाको देहावसान पछि घरमा जेठो सन्तानको हकले एक्लो अभिभावक भए । एउटा कान्छी बहिनी र आमा शिबाय अरु कोहि छैनन परिवारमा आमाको स्वास्थमा त्यति सुधारक आउदैन बेला बेला उहाँ पनि बिरामी परिरहनु हुन्छ ,त्यसमाथि भर्खरै शोक र सन्ततिले सताएको थियो । बेरोजगारी गाउले जिन्दगी बडो उत्तारचढाप मै बित्यो । घरमा कमाएर ल्याउने मुख्य मान्छे बुबा नै नरहे पछि अति संकट र अभावमै गुज्रिए यी अध्यारा रातजस्ता ती काला दिनहरु । धन्न प्रत्येक बिहानमा सुर्य उदाएर दिनको पहिचान झल्किन्छ ।

नत्र निष्पट अध्यारा रातहरु सरह न हुन मेरो लागि यी बिरक्त दिनका घडीहरु । एक बर्ष बित्यो बुबाको सराद पनि गरियो । समय र परिवेशले बिस्तारै बिस्तारै हामीलाई बुबाको याद र न्यास्रो भुलायो । तस्बिरमा बाहेक सपनामा बुबाको छाया मलिन हुदैगयो । बिर्सनु पनि पर्ने रहेछ त्यो समयको खेल न हो यथार्थमा जिन्दगीको ।

बहिनी कुशुम ६ मा पढ्छे । गाउमै सकिएपछि अब उच्च शिक्षा र रोजेरोटीको लागि सहरमा छिर्ने सोच बनाए, प्राय जसो सबै गाउँका सर्बसाधारण युवाहरू यहि गर्थे । सामान्य लेखपढ् ग्रामीण क्षेत्रमै गरेर मात्रै सहरमा झर्नुपर्छ हामीलाई पाइक र नजीक पर्ने सहर त्यै बुटवल हो । त्यै गएर पढ्ने निधो बनाए । घरमा बुढी आमा र सानी बहिनीलाई छोडेर मलाइ सहरमा छिर्न मन त कहाँ होर तर चिन्ता थियो भबिस्यको ।

ताकि समयमै पढेर उमेर पुगेपछि बिबाह गर्नुपर्छ र सानोतिनो स्वरोजगारीको आडमा आफ्नो घरपरिवारलाई स्वदेशमै सुखदुःखका साथ पाल्न सकु । घरको आशा र भरोसा भन्नू मै हु , यस्तै यस्तै लहरी खेलाउदै जिन्दगीमा पहिलो चोटि आमाको काख र प्यारो गाउँ अर्घाखाँची छोडनु छोडे । अन्तर मनले यो पनि सोचे , दुख आज र अहिलेकै उमेरमा गर्नु पर्छ अनि त भोलि राम्रो हुन्छ ।

कलेजमा भर्ना भए पाएसम्म सानो जागिर गर्नु आवस्यक ठाने , नत्र यो शहरको हुनेखानेहरुको अड्डामा हामीलाई बाच्न त के , एक फोका स्वास फेर्न पनि बिना अक्सिजन तातो हावाको मद्धत लिनुपर्छ । बल्लतल्ल बुटवलमा एउटा बिमा कम्पनीको अफिसमा काम गर्ने अबसर पाए । बिहान क्याम्पस अनि दिनमा जागिरे जिन्दगी त्यसले भ्याइनभ्याई केही हदसम्मको गुजारा चल्यो ।

जब त्यहा आए मेरो मिना सग क्याम्पसमा अप्रत्याशिक भेट भयो । सुरुमा हामीले साथित्वको ढंगले परिचय गर्यौ , बिस्तारै एकअर्कालाई बुझ्दै जाँदा हामी छिट्टै प्रेमीप्रेमिकाको नातामा परिणत भयौ । उनी मलाई राम्रोसँग बुझ्छिन अनि म पनि उनीलाई लाग्थ्यो यहि बुझाइ हो प्रेम । हामी एकअर्कालाई खुब माया गर्थ्यौ । उनी सहरकि एक धनी खान्दानी घरपरिवारको छत्रछायामा हुर्केकी बाहुनकि छोरी । धेरै पढेकि ज्ञानी ,सुन्दरी , सबै गुणले भरिपुर्ण । म जब यो गाउँ छोडे बुटवल गए उनलाई भेटे उनी मेरो क्याम्पस देखि दैनिकी जिबनको साहारा बनिन ।

सहरको बसाइ कहिले घाम कहिले पानी सहेर भएपनि स्नातक तह सकाएपछि आफ्नै गाउँमा गएर उतै केही गर्ने सोच बनाए । नभए बिदेश तिर जाउला भन्ने मन लिएर जुन सुनौला सपनाहरू बोकेर सहर छिरेको थिए दुरुस्त उजाड मरुभूमि जस्तै बाझो मन अनि छ्ड्के झोलामा आमा र बहिनीलाई एकएक जोर कपडा अनि सर्टिफिकेट बोकेर ,पुनः जन्म थलोमै फर्किए । बहिनी एसएलसीको तयारीमा छ उसको नर्स पढ्ने इच्छा सकेको पूरा गरिदिने धोको छ ।आमाका दिन ढल्कदै छ्न पहिले जस्तो काम गर्ने सक्ने शरीरिक अवस्था छैन घरधन्दा बाहेक ।

समय बित्दै जादा एकदिन , आमाले भन्नुभयो बाबु त धेरै पढिस जागीरको टुंगो छैन अब बिबाह गर तेरो उमेर पनि पुगिसक्यो । बुहारी ल्याएपछि हामीलाई पनि सजिलो होला । भोलि त बाहिर जानुपर्छ , देश प्रदेश धाउनुपर्छ लोग्ने मान्छेको जातले बन खानुपर्छ । हामी महिलाले जस्तो घरमा बसेर हुदैन। तेरो बुबाले यसै गरेकोले यो घर चलेको थियो । हेर त आज उहाँ नहुदा रिनले जग हालिसक्यो । अब यो भाव र सबै संकट तेरो थाप्लोमा आयो दुखमा हुर्किस दुःख गर बाबु भगवानले पनि हेर्लान कि ? जसको कोहि हुदैन उसको भगवान हुन्छन रे, आमा सुसेल्नु हुन्छ बेलाबेलामा । हरेक साँझमा पनि त्यै कुरा दोहोराउनु हुन्छ्।

त्यसरात मलाई निन्द्रा परेन त्यो आमाको अन्तिम गुनासो जस्तो लाग्यो । सुनसान मध्यरातमा एकाएक मनमा कुरा उब्जियो । आँखा चिम्लेर मनमनै भने , हो आमा म बिवाह गर्छु । तर,,, मिनासँग किनकि उनी मेरो पहिलो प्रेम ।
भोलि बिहानै ,,यही कुरा आमालाई भने , आमा म बिबाह गर्छु तर मिनासँग
आमा झर्किनु भो…..को मिना
सपनाको कुरा जस्तै दुरुस्त बिपनामा बताए । मिना बारे ,नालिबेली उसको स्वभाव

आमा देश र प्रियलाइ पुनः मुटुमा राखेर भारी मनको बिमानले आकाशमा सन्तुलन गुमाएर कतै हावासँग कतै बादलसँग त कतै हुस्सुसग तिरमिरायो, र पुन अवतरण गराइयो सुन्दर सपनाको सहर कोरियामा ।

आहडबडाउनु भो केहिछिन । खै , , शहरकि केटी गाउँमा काम गरेर खान सक्ली त, फ़ेरि भरपनि लाग्दैन । तरपनि आमको मलिन चेहरामा एक फिका मुस्काले गालाको चाउरी हटायो । बहिनी कुशम पनि उत्पात खुसी भइ छिट्टै भाउजू पाउने आशाले । म भने बढो गम्भीर भए अब पुर्ण रूपमा अभिभावक बन्नु छ। र यो घर मिनालाइ सुहाउँछ या सुहाउँदैन । कतै हिजोको त्यो बृहत हावामा सजाएको प्रेमालयकि रानीले आज यो मेरो झुपडी स्विकार्छिन कि नकार्छिन । यस्तै यस्तै हुरिबतास चल्यो मनमा ।

मिनालाइ फोनमा खबर सुनाए आमाको राय सहि छ अब छिट्टै विवाह गर्नुपर्छ रे हामिले के छ बिचार उनले घरमा सल्लाह गरेर बुटवल आउन आग्रह गरिन । मिनाको घरमा नमाने पछि उनिले घरमा ढाटेर पोखारा जाने…उतै मन्दिरमा बिहे गर्ने । बरु केही दिन घुमफिर गरेर फर्किने निधो सुनाइन सम्पूर्ण खर्चको ब्यबस्था पनि आफैले गर्ने । खर्चको चिन्ता नलिन भनिन । मैले हुन्छ भनी प्रतिउत्तर दिए । आखिर मिनालाइ जसरी पनि आफ्नो बनाउनुछ । हामीले त्यही गरेरै घरबाट भाग्यौ पोखरामा केही दिन बसाई गरेर लगत्तै अर्खाची आयौ । मिनलाइ अब गाउमा टिकाटालो गरेरमात्र बुटवलमा फर्किने कुरा सुनाउदा उनी राजी भइन ।

हप्तादिनकै बसार्इले मिनालाइ गाउले जिन्दगीले बैराग चलायो । रिमझिम सहरमा हुर्केकि ले होला सायद । गाउँ मन परेन उनिलाइ । उनको मनले पुन बुटवल खोज्यो । मिनाले एक बेलुकि मेरो कानमा केहि फुस्फुसाइन । अब हामि बुटवल झरौ न किरण । बरु आमा लाई र बहिनी लाई पनि उतै लगेर पाल्ने व्यवस्था गरौ । तपाईंले पुन बिमा कम्पनीको जागीर गर्नुस म पनि कुनै बोर्डिङमा पढाइदिने गर्छु त्यतिले हाम्रो घरपरिवारलाई पुगिहाल्छ । उनलाइ सम्झाए पनि मानिनन तर मिनाको कुरा पनि ठिकै लाग्यो ।

घरमा सल्लाह गरे केहि महिनामा हामी बुटवल झर्यौ । मिनाको घरमा अझै सन्तुस्टी छैनन्। खानदानी छोरी गाउँले बेरोजगारी युवकसँग बिहे गरेकोले । पुनः जिन्दगीमा उतारचढाव सुरु भो । अबका दिन भने केही असहज ढंगले बितेको महसुस भयो । घर खर्चको महँगि बढ्यो ।

एक बर्ष बित्यो स्वदेशमा त्यतिको जागिरले घरखर्च नधानेपछि यो गरिबिको दलदलमा बाच्नु बाच्नु भन्दा मिनासग सल्लाह गरेर बिदेशिने निर्णय । खाडिमा जान मनले मानेन बरु भाषामा उतिर्ण गरेर कोरिया आउन मन लाग्यो । कोरिया कमाई राम्रो हुने गन्तव्य । बिहान दुई घन्टा कलास लिएर तीन महिना पछि परीक्षामा पास भए । अब धेरै कुर्नु नपर्ने भयो सबै तरताम्य भएपछि करिब ६ महीनामै सुन्दर शहर हरियाली कोरिया देखियो । कम्पनीमा गए नेपाली दाइहरु पनि रहेछ्न । काम राम्रो दाम राम्रो तर मन नराम्रो ,जहिल्यै उराठ ,बिराठ । घुमिफिरी जहाँको मन त्यही ,घरमै पुग्छ । आमा बहिनी र मिनाको न्यास्रो ले कहिले सताएको भान हुन्छ । म यहा आएदेखि सम्पुर्ण जिम्मेवारी मिनाको काधमा छ । सबै आइमाई मान्छे कसरी बिताउनछ्न होला दिन अनि रातहरु ।

जसोतसो दुई बर्ष बित्यो छुट्टीमा घर गए । आमा लाई ठिकै थियो कुशुमले आफ्नो नर्सिङ अध्यनलाइ राम्रो गरेकी रहिछ।ससुरालीले ज्वाइँ सिकार गर्नु बाध्यता रह्यो । मिनालाइ पनि ठिकै भएको महशुस गरे । यदि बेठीक हुदोहो त उनीहरुको मन को कुरा भगवानले बुझुन । सबैथोक पाएर पनि मान्छेले केही गुमाएका पलहरु सम्झिन्छ बितेको अतित कोट्याउछ। मिनाको मनले पनि मेरो अन्तर्रमनसँग यहि सम्वाद गर्छ ।

तर बिडम्बना मेरो पिडा कस्ले बुझिदिने आफ्नो सुन्दर स्वर्ग जस्तो मिलेको घर परिवार छोडनु बाध्यता नभएर कसलाइ पो रहर हुदोहो । केहि दिनमै आमाले भन्नुभयो अब बाहिर नजा बाबु यतै बस्नुपर्छ सानो घर जग्गा भए पछि पुगिहाल्छ पैसाले मान्छेलाई कहिल्यै पुग्दैन ।आखिर मरेर लग्ने कसैले होइन । बाचुन्जेल खाना र लगाउन पुगे भैहाल्छ । तीन महिनाको छुट्टी बित्यो दुई बर्षको कमाईले बुटवलमा सानो जग्गा किने घर बनाउन भने सम्भावना थिएन त्यसको लागि पुनर्वास हुनुपर्ने स्थिति आयो ।

आमा देश र प्रियलाइ पुनः मुटुमा राखेर भारी मनको बिमानले आकाशमा सन्तुलन गुमाएर कतै हावासँग कतै बादलसँग त कतै हुस्सुसग तिरमिरायो, र पुन अवतरण गराइयो सुन्दर सपनाको सहर कोरियामा । कम्पनी काम सुरु गरे अबका दिनहरु विशेष ढंगले बितुन भन्ने मेरो चाहाना थियो । साथीहरूसँग धेरै भेटघाट रमाइलो र त्यति खर्च गर्ने समय दिइन ।छिटो पैसा कमाउनु छ मिनालाइ आफ्नै घरमा राख्नुछ। डेरावाला जिन्दगीको परिचय मेटाउनुछ ।

आएको चार पाच महीना नबित्दै मिनाको तल्लो पेट दुख्ने समस्या सुरु भएको भनिन। मैले डाक्टरको सल्लाहमा औषधी गर्नु भन्ने कुरा बताए । अर्को शनिबार एक्कासि घरबाट फोन आयो कुशुम बोली भाउजुको गर्भपतन भएर अस्पतालमा भर्ना कुरा छर्लङ्ग पारी । सन्चो बिसन्चो बारे बुझ्दा अबको तीन दिन भित्र मिना डिस्चार्ज हुने रहिछ्न । मनमनै पुकारे, धन्य इश्वर मिनालाई बचायौ जिन्दगीमा मेरो सबैथोक उनि हुन जो मलाई घरपरिवारको समर्थन बिना पति स्वीकार गरिन । त्यस कारण उनीबाट धोकाको शंका कहिल्यै राख्ने दुशाहस भएन ।

यो जिन्दगीनै उनको अनि त्यो जिन्दगीनै मेरो नाममा नामसारी भैसके पछि अरु कुराहरुमा साँध लगाउन मन के लाग्थ्यो र । जिउन जान्यो भने जिन्दगी साच्चिकै सुन्दर छ । कयौ उदाहरणहरु छ्न श्रीमान श्रीमती बिचका दुइटा फरक फरक अपरिचित ब्यक्ति बिच बिना स्वार्थ सन्सारमा यति पबित्र अनि अमर नाता गासिन्छ भने त्यो नाता हो , पति पत्नी यहि बिश्वासको परिधिभित्र म आज फसेको रहेछु बर्सौपछि आज म यहि कुराको शाब्दिक अर्थ खोज्दा खोज्दै आफै अनुउत्तरित छु ।

एउटा घडेरी बाहेक मेरो पुरै कमाई मिनाको एकाउन्टमा जम्मा थियो । घरमा दुइ महिना देखी घरमा मिनाको उपस्थिति पातलो भएको कुरा बहिनी कुशुमले मलाई जानकारी गराइ । कहिले साझ अबेर आउने कहिले बिना काम र अनुमती बिना बाहिर बस्ने र केटा साथमा हिड्ने भन्ने कुरा थाहा पाएपछि मैले मिनालाइ फोनमा सम्झाए । मैले छ बर्ष सकिए पछि कहिल्यै नफर्किने संकल्प गरेर नेपाल फर्किदै छु । विशेष तिम्रो लागि । अब धेरै दिन बाकि छैन ।

एकाएक उसको व्यबहार र मन परिवर्तन भएको खबरले मलाई स्तब्ध बनायो । अब चाडै नेपाल फर्किनु पर्ने भो । मन बिग्रान बाँकि के चाहिन्थ्यो र त्यै एउटा खबर भए पुग्यो मनमा आगो सल्काउन । भनिन्छ नारी हृदय चन्द्रमा को कला हो रहेछ त्यो प्रारुप देखियो छर्लङ्ग । थाहा थिएन गल्ती मेरो हो या उसको ,म बिदेशीए केही खुसीको लागि केही क्षण मात्रै । म फर्किनु मलाई उसको अभाव थियो तर उसलाई भने मेरो अभाव होइन उसलाई पैसाको अभाव रहेछ र त उसले मलाई होईन पैसालाई प्रेम गरेकी गरिरहि । जब म नेपाल गए भैरहवा जिल्ला अदालतले मलाई एउटा यस्तो कागजमा साइन गर्न बाध्य बनायो म सम्पुर्ण रुपले हारे आफ्नै जिन्दगीदेखि हारे मेरा हारहरु मेरै गल्ती हुन ,हाम्रो सम्बन्ध त्यै कागजमै टुंगियो ।

डिभोर्स उ निर्दोष साबित भर्इ नेपालको कानुन नारी हित र अधिकारकै पक्षको वकालतमा गर्छ । उ चोखो र निर्दोष साबित भैइ । तर यो मनको अदालतले भने उसलाई सधै धोकेबाज र स्वार्थी ठहरार्इ रह्यो । मैले जिन्दगीभरको कमाई र श्रीमती गुमाए पछि पुनः निस्किए आधिको यात्रामा हो रहरले कहिलेकाहीँ मृत्युको बाटो पनि रोज्दो रहेछ । सबैका लागि अबसरको गन्तव्य रहेको कोरिया मेरो लागि भने केहि जिउदा सपना र रहर हरुलाइ तिलाञ्जलि दिने एक आर्य घाट हो कोरिया ।