बहादुर नारी

कविता

लेखकः मिना शाही

परिवर्तन र मुक्तिको हिमायती
 उन्मुक्त र स्वतन्त्र संसार
सुन्दर जीवन फक्राउने आकाङक्षाहरु
सम्मुनत समाज निर्माण गर्ने
अभिष्ट लक्ष्य र आँखा भरि,मनभरी 
सजाइ विशाल सपनाहरु
सर्बश्य त्याग्दै महासागरमा हाम फाल्दै
रगतका भेलहरुमा पौडिदै 
मृत्युका दस्तावेज हरुमा हस्ताक्षर गर्न
तम्सिने वहादुर नारिहरु ।
आकाशमा उडने रहरलार्इ 
मनमा कैद गर्दै
पिजडाको चरि झै थुनिएर
अनेकौं बार बन्देजले जेलिएको
पर्खाल भित्र कैदी जीवन बिताउन
बिवस छन मालचरिका बथानहरु 
चकमन्न कालो निशालाई चिरेर
पुर्व क्षितिजमा सुनौला लालकिरण छर्ने
बसन्तको आगमनलार्इ सहर्ष स्विकार्ने

संघर्षशिल नारिहरुका कथा ब्यथाहरू 
बिद्धुतिय धरापमा परेका छन  अाकाँक्षाहरू ।
यतैकतै सजाइएका सुन्दर सपनाहरु
बालुवामा खनाएको पानी झै बनिरहेका छन 
जिवनका आयामहरू 
र त निस्फिक्रि बेकाम बनेका छन
वहादुर नारीहरू ।

चुलो र चौकोमा सिमित हुदै
नानिबाबुको आमा बनेर आँखामा आशु लुकाउदै
हास्न बाध्य छन संघर्षशिल नारिहरु 
आधा आकाश र आधा धर्ती ओगटेर
संसारलाई थर्कमान पार्ने अनि
बन्धनका फलामे दिवारहरु
तोडेर चुरुना चुरुना बनाउने
अनेकौं जालझेल र षड्यन्त्रलाई छिचोल्दै
हुँडारहरूको मुटुमा ढ्याङ्ग्रो बजार्ने
क्रान्तिकारी शाहासी नारिहरु
शरीर भरि बम र गोलिका
बिशालु छर्राहरु बोकेर जिउन बाध्य छन । 
बहादुर नारीहरू  ।

क्रान्तिको उपहार स्वरुप स्विकार्दै
दुखिरहेका घाउहरुमा मलम पट्टि नपाएर
असंख्य प्रसव पिडामा छट्पटाई रहेका छन
जनयुद्धका महान लडाकु नारिहरु 
र पनि बहादुरी र शाहासी पुर्वक 
झुकाएका छैनन् ओजपुर्ण शिरहरु
मेटिएका छैनन् गौरवपुर्ण इतिहासका
गाथा र कृतिमानहरु
अथक र अबिचलित छन तनमनहरु
अजम्वरि र अटुट छन आस्थाका धरोहरहरु
सगरमाथा झै निर्धक्क उभिएका छन
उच्च मनोवल सहित उर्जाशिल बनाएका छन भावनाहरु
 आत्मनिर्भर छन निडर अडिक आत्माहरु
क्रान्तिकारी बहादुरी नारिहरु
महान नारिहरु ।।

लेखक पुर्व घाइते PLA हुन ।