अब स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएसबाटै

यातायात ब्यवस्था बिभागले सवारीचालक अनुमतीपत्रको लिखित परिक्षा र स्मार्ट कार्ड प्रिन्ट भए नभएको जानकारी एसएमएस सेवाबाट जानकारी पाउन सक्ने ब्यवस्था मिलाएको छ ।

सवारी चालक अनुममति पत्रको लिखित परिक्षाको नतिजा थाह पाउन नयाँ प्रबिधीको बिकास गरेको जनाएको हो । अब सेवाग्रहीले सजिलो र सहज ढंगले जानकारी लिन wt space Applican ID type गरी ३१००३ मा एसएमएस गरेर पठाउन सकिने यातायात ब्यवस्था बिभाग प्राबिधिक शाखाका सन्तोष पोखरेलले जानकारी दिए ।

त्यस्तै स्मार्ड कार्ड प्रिन्ट भए नभएको थाह पाउन lC space Applican ID  गरी ३१००३ मा एसएमएस पठाउन सकिने ब्यवस्था मिलाएको पोखरेलले बताए । पोखरलले लामो समयसम्मा अबरुद्ध भएको स्मार्ड कार्डको सरल र सहज पहुँचका लागि यो सेवा ल्याएको र अझै यसको बैज्ञानीक ब्यवस्थापन गर्न लागि परेको समेत बताए ।