हत्या भएको भनिएका पत्रकार एकाएक पत्रकार सम्मेलनमा देखिएपछि…..

एजेन्सी,युक्रेनले ‘हत्या भएको’ भनेर प्रचारित एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै रहेकाे पाइएकाे छ । उनकाे हत्या भएकाे भनेर विश्वव्यापी रूपमा समाचारहरू अाएपछि उनी अाफै पत्रकार सम्मेलनमा देखा परेका छन् । उनी एकाएक जीवित र सकुशल रूपमै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएपछि यसले अाश्चर्यकाे सीमा नाघेकाे छ । यसलार्इ एक अभूतपूर्व घटनाक्रम भनेर बिबिसीले लेखेकाे छ- ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन् ।

एएफपीका अनुसार, युक्रेनले नै राजधानी किभमा मङ्गलबार साँझ ३ वटा गाेली प्रहार गरी हत्या भएकाे बताएकाे थियाे । तर त्यसकाे २४ घण्टा नबित्दै ती पत्रकार अाफै पत्रकार सम्मेलनमा उपस्थित भएपछि हत्याकाे समाचार झुटाे रहेकाे बताइएकाे छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । साथै उनी क्रेमलिनका कट्टर आलोचकका रुपमा समेत चर्चित पत्रकार हुन् ।

यद्यपि उनीमाथि हत्याकाे षड्यन्त्र भइरहेकाे चाहिँ उनी अाफैले स्वीकारेका छन् । पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका हुन् । युक्रेनको गुप्तचर सेवाका प्रमुखले ती पत्रकारलाई हत्या गर्ने आदेश “रुसी गुप्तचर निकायले जारी गरेको” दाबी गरेका थिए।रूसकाे राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएकाे बताइन्छ । रुसी एजेन्टहरुको भण्डाफोर गर्नकै लागि अर्काडी बबचेन्को हत्या भएको झुठो खबर फैलाएको युक्रेनले दाबी गरेको छ ।

यसैबीच, पत्रकार अर्काडीकाे हत्याको षडयन्त्रका सम्बन्धमा आफूहरूले एकजनालाई पक्राउ गरेको युक्रेनी प्रहरीले जनाएको छ । बुधबार पत्रकार सम्मेलन कक्षमा अर्काडी प्रवेश गर्दा त्यहाँ उपस्थितहरुले विस्मय-मिश्रित प्रतिक्रिया जनाएका थिए। उनले आफ्नो ज्यान जोगाइदिएकोमा युक्रेनी प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।

यसअघि दिइएको उनको मृत्युसम्बन्धी समाचारमा ती पत्रकारलाई ढाडमा गोली लागेर रगतले लत्पतिएको अवस्थामा उनकी श्रीमतीले फेला पारेको र उपचारका लागि अस्पताल लगिँदै गर्दा एम्बुलेन्समा नै उनको निधन भएको जनाइएको थियो । ४१ वर्षीय ती पत्रकार अर्काडी युक्रेनबाट क्रिमिया टुक्रिएर रुसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए । उनलाई गोली हानेको आवाज सुनेको र घटनास्थलमा पुग्दा उनको अवस्था निकै गम्भीर पाएको उनकी श्रीमतीले जनाएकी थिइन् ।