वडाध्यक्ष नै पानी लिन भारततिर लागेपछि…

दाङ। गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।

‘खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छु’ वडाध्यक्ष सिद्दीकीले भने ‘भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।’

कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । आजको कारोबारमा यो समाचार छापिएको छ ।