ओली सरकारका सय दिन उडन्ते गफमा रातदिन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका सय दिन पुगेको छ । सिंहदरबार प्रवेश गरेको सय दिन पुग्दैगर्दा उलेख्य रुपमा उपलब्धी भने केहि भएको देखिएको छैन ।  ‘हनिमुन अवधि’ पूरा गरेको सरकार आगामी बजेटको तयारीमा छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लिएर अघि बढेको कम्यिुनिष्ट सरकारका प्रधानमन्त्री ओलीले आफना हरेक भाषणमा समृद्धि र विकासका योजना सुनाउन छाडेका छैनन । जेठ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि ५ वर्षप्रति नेपालीको आय दोब्बर बनाउने र वैदेशिक रोजगारीमा जान नपर्नेजस्ता महत्वाकांक्षी योजना अघि सारेका छन ।

सरकारले जनताको जुन खालको विश्वास लिएर आएको थियो, त्यो हिसाबले काम भने गर्न सकेको छैन । सबैभन्दा पहिलो त संविधानको पालनामै यो सरकार पछि पर्‍यो। जस्तो कि, अघिल्लो सरकारले राष्ट्रियसभाका लागि मनोनीत गरेका तीन जनालाई फिर्ता बोलाएर राष्ट्रपतिलाई समेत विवादमा ल्यायो । 

समग्रमा यो सरकार अहिलेसम्म भाषण र टुक्काबाट चलिरहेको देखिन्छ। सरकारले समग्रमा अहिलेसम्म आश्वासन बाँड्नुबाहेक केही गर्न नसकेको जानकारहरू बताउछन । समग्रमा, यो सरकार दुई तिहाइको दम्भमा राज्य शक्तिलाई आफ्नो हातमा लिने र जनतालाई भने भ्रम फैलाउने क्रियाकलाप गरिरहेको देखिन्छ ।

जनताको अपेक्षाको आधारमा पनि निकै बलियो सरकार ठानिएको बाम सरकार ’समृद्ध नेपाल, सुखी नेपाली’को नारा बोकेर अगाडि बढिरहेको छ । त्यसो त विकास, समृद्धि र सपनाको कसीमा चुनावी घोषणापत्र पनि कम आकर्षक थिएनन । केही दिनअघि सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रम पनि उस्तै सपनाहरुले भरिएका छन् ।

बाम सरकारले बिताएको यो सय दिन उनिहरुको आगामी दिनको आँखीझ्याल हुनसक्छ । मेट्रो रेल, पानीजहाजको उडन्ते गफ गर्न ओली सरकार माहिर देखिएको छ। महँगी बढेकै छ। पेट्रोलियम पदार्थको पटक–पटक मूल्यवृद्धि गरिएको छ। सस्ताे लोकप्रियतावादमा वर्तमान सरकारको विश्वास देखिन्छ। 

अघिल्लो पटक सरकारको नेतृत्व गर्दा ओलीले देखाएका सपना, चुनावी घोषणापत्र तथा त्यतिबेलाका भाषणहरुमा उनको प्रतिबद्धता र अहिले पनि उनले दैनिकजसो व्यक्त गरिरहेका सुखद भविष्यका संकेतहरु कति पूरा होलान कति गफमै सीमित होलान त्यसका लागि अझै केही समय कुर्नैपर्छ ।

लोकप्रियतावादमा रुमलीनु वर्तमान सरकारको विश्वास देखिन्छ । मेट्रो रेल, पानीजहाजको उडन्ते गफ गर्न माहिर ओली सरकार माहिर देखिएको छ । महँगी बढेकै छ । पेट्रोलियम पदार्थको पटक–पटक मूल्यवृद्धि गरिएको छ । यसको सबै अपसज अस्थिर राजनीतिलाई दिने गरिएक पनि सरकारले चाल्नु पर्ने उचित कदम र जनतालाई दिने सुसानको प्रत्याभुति दिएको देखिदैन ।

सरकारले आफनो सय दिनमा केही राम्रा काम गरे पनि अपेक्षा अनुसार गति लिन भने सकेको छैन । भाषण र प्रचारका लागि कस्मेटिक काममा रुमल्लिएर सरकारले लिनुपर्ने गति लिन सकेको स्थीती भने देखिदैन ।।