कम्युनिष्ट सरकारले लगायो सुकुम्बासी बस्तीमा डोजर

पार्यो बिचल्ली

दमक नगरपालिकाले बिना विकल्प सुकुम्बासीको उठिबास लगाएको छ । झापाको दमक ७ स्थित हाटखोला सुनचाँदी लाइनमा बसोबास गर्दै आएका २२ घरमा नगरपालिकाले डोजर लगाएको हो ।

नगरपालिकाका मेयर रोमनाथ ओलीको आदेशमा सुरक्षाकर्मीको सहयोगमा सुकुम्बासीको घरमा डोजर लगाइएको हो । मेयरसँगै सबै वडाका अध्यक्षहरु र जग्गा दलालहरुको उपस्थितिमा शनिबार विहान डोजर लगाइएको हो । दमकको मुख्य बजारको इतिहासकालदेखिनै हाटखोलामा ५० औं वर्षअघिदेखि सुकुम्बासीहरु बस्दै आएका थिए ।

हाल प्रधानमन्त्री केपी ओलीका स्वकिय सचिव युवराज दाहाल दमक नगरपालिकाको कार्यकारी अधिकृत भएको बखत दाहाल र अन्य स्थानीय नेताहरुको कोठे सहमतिमा नगरपालिकाले जग्गा अधिग्रहण गर्ने सहमती गरेका थिए । तर, सुकुम्बासीको वैकल्पिक व्यवस्था नभएकै कारण अहिलेसम्म उठाइएको थिएन ।

नेकपा एमालेबाट चुनाव जितेलगत्तै मेयरले सुकुम्बासीको उठिबास लगाउने प्रयास गरेका थिए तर विप्लव नेतृत्वको नेकपाको विरोधका रोकिएको थियो । एलाले र माओवादी केन्द्रको एकतासँगै जनताको पक्षमा काम गर्ने प्रतिद्धता जाहेर गरेको दुई दिन बित्न नपाउँदै कम्युनिस्ट सरकारले सुकुम्बासीको उठिबास लगाएको छ ।

नेकपा झापाका सेक्रेटरी सौगात आचार्यले बिना विकल्प सुकुम्बासीको उठिबास लगाउने कार्य निन्दनीय भएको बताउँदै सुकुम्बासीको घर भत्काउने कुनै हालतमा नछोड्ने चेतावनी दिए । उनले जग्गा दलालसँग मिलेर नगरपालिकाले सुकुम्बासीको उठिबास लगाएको बताए ।

जनपरिषदु झापाका प्रमुख सुमनसिंह पौडेलले सुकुम्बासीको उठिबास लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले गरिब सुकुम्बासी र धनी दलालहरुबीच लडाइँ सुरु भएको समेत बताए ।