सिन्डिकेट हटाउन विशेष भूमिका खेलेका महानिर्देशक भट्टराई विभागबाट हटाइए

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएका छन् ।  यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई मन्त्रालय तानिएको छ । शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईलाई दिएका छन् ।

मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका थिएनन् । ‘मलाई पत्र प्राप्त भएको छ । मन्त्रालयमा तानिएको छ। एक हप्ताको समय हुन्छ । अब सरकारले खटाएको ठाउँमा गइन्छ,’ उनले भने ।

सिन्डिकेट हटेपनि त्यसलाई व्यवस्थित गर्नुपर्ने थुप्रै काम बाँकी छन् । यसको कार्यान्वयनको पक्ष फितलो बनाउन यातायात व्यवसायीको दबाबमा भट्टराईको सरुवा गरिएको बताइएको छ । १३ महिनादेखि विभाग सम्हालेका महानिर्देशक भट्टराईले ८० कर्मचारीलाई विभागीय कारबाही समेत गरेका थिए ।