जर्वजस्तीकरणी नियन्त्रण सम्बन्धी नुवाकोट प्रहरीको अभियान

जिल्ला प्रहरी कार्यलय नुवाकोटले पछिल्लो समय महिला हिंसाका घटनाहरु बढ्दै गएपछि जिल्लाभर जनचेतनामुलक कार्यक्रम संचालन गरीरहेको छ । जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख बसन्त कुंवरको नेतत्ृवले गत बैशाख १ गतेबाट जिल्लाका सबै स्थानिय स्कुलहरुमा जर्वजस्तीकरणी नियन्त्रण तथा रोकथाम सम्बन्धी जनचेतनामुलका कार्यक्रम गरीरहेको छ ।

हाल सम्म जिल्लाका २० वटा वडास्थरमा कार्यक्रम सम्पन्न भइसकेको प्रहरी प्रमुख कुंवरले जानकारी दिनुभयो । यसैविच आज नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका स्थित वडा नम्बर ६ मा रहेको मालिका माध्यामिक विद्यालयमा र वडा ५ स्थित रहेको कामरु उच्च माध्यामिक विद्यालयमा आज उक्त जनचेतनामुलका कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यलय नुवाकोट अन्तर्गत प्रहरी चौकी झिल्डुङको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा ७ देखि कक्षा १० सम्मका करिव ३ सय विद्यार्थीहरुलाई महिला हिंसा र जर्वजस्तीकरणी नियन्त्रण सम्बन्धी चेतनाबारे जानकारी दिइएको थियो ।

प्रहरी चौकी झिल्डुङका प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक रञ्जनकुमार सिंह सहितको टोलीले विद्यार्थीहरुलाई उक्त जानकारी मुलक शिक्षा दिइएको थियो । गत बैशाख १ गतेबाट सुरु भएको ३ महिने उक्त कार्यक्रम जिल्लाको सवै स्थानिय स्तरसम्म पु¥याउने लक्ष्य लिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख कुवंरले जानकारी दिनुभयो ।