ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला । र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश ।

अहिलेको काठमाडौंको चित्र यस्तो छैन। निलो शिरिष (ज्याकारान्डा) फुलिरहेको सितल सहरमा सामाजिक सञ्जाल भने माथि उल्लिखित तस्बिरलाई लिएर तातेको छ। यी तस्विर हुन् २०७२ को असोजमा शुरु भएको नाकाबन्दीको। नेपालको संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि यसको विरोधमा मधेसकेन्द्रीत दलहरुले आन्दोलन सुरु गरेका थिए।

यही आन्दोलनको समर्थन गर्दै भारतले करीब ५ महिना नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो । भूकम्पका कारण चीनसँग नेपाल जोड्ने प्रमुख नाका तातोपानी बन्द भएका बेला भारतले लगाएको नाकाबन्दीले नेपाली जनजीवनलाई निकै गहिरोसँग प्रभावित पारेको थियो।

शुक्रबार नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले नै त्यो नाकाबन्दी लगाएको भन्दै सामाजिक सञ्जालमा उनलाई नाकाबन्दी सम्झिन आग्रह गर्दै निकै ट्विट र स्टासटसहरु लेखिएका छन्,आजको कान्तिपुरमा खबर छ ।