चन्द्रागिरी नगरपालिका कार्यलयमा अनिश्चितकालिन तालाबन्दी

थानकोटका स्थानियबासी आन्दोलनमा

थानकोट नागढुङ्गा सुरुङ मार्गमा पर्ने घर,तथा जग्गाहरुको उचित मुआब्जा लगाएतको माग गर्दै त्यस क्षेत्रका स्थानियबासीहरुले चन्द्रागिरी नगरपालिका कार्यलयमा तालाबन्दी गरेका छन् ।

थानकोट नागढुङ्गा सुरुङ मार्ग पिडित संर्घष समितीले काठमाडौंको सतुङ्गलस्थित रहेको चन्द्रागिरी नगरपालिकाको कार्यलयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन ।

उनीहरुले यसअघि देखि सम्बन्धीत सवै निकायहरुलाई आफ्ना मागहरुबारे पटक पटक जानकारी गराइए पनि कुनै माग सुनुवाइ नभएको कारण तालबन्दी गर्नुपरेको बताएको छ ।

सरकारले उक्त क्षेत्रबाट सुरङ मार्ग जाने कुरा परियोजनाको डिपिआर अर्थात विस्तृत प्रतिवेदन तयार भइसकेपछि मात्र जानकारी गराइएको भन्दै आक्रोस पोखेका छन् ।आफ्ना मागहरु सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावानी दिएको छ ।

उक्त थ्ँँनकोट न्ँँग्ँढुङ्ग्ँँ सुरुङ मार्ग पिडित संघर्ष समितीले सुरुङमार्ग वरपर पर्ने पुर्णरुपमा पर्ने घर,जग्गा,टहरा तथा संरचनाहरुको लागि निर्धारित मुआब्जाको थप ५० प्रतिशत अतिरिक्त मुआब्जा निर्धारण गर्नुपर्ने लगायत विभिन्न ११ बुंदे माग गर्दे आन्दोन गर्दै आइरहेको छ ।