प्रहरीलाई घुस दिन खोज्ने चालक प्रहरी फन्दामा

भनिन्छ , घुस दिने र लिने दुवै देशका शत्रु हुन । पछिल्लो समय नेपाल–भारत सिमा लगायत देशका विभिन्न सरकारी कार्यालयहरुमा सरकारी कर्मचारीहरु घुस काण्डमा पक्राउ परेका र पर्ने घटनाहरु दैनिक जसो सार्वजानिक भइरहेको छ ।

विभिन्न जिल्लाका सिमाना तथा प्रहरी चेकिङ प्वाइन्टहरुमा पनि चेकजांचको क्रममा प्रहरीको मिलेमतोमा विभिन्न अवैध सामानहरु काठमाडौं भित्रिने गरेको छ । तर नेपाल प्रहरी संगठनभित्र यस्ता इमान्दार सिपाइहरु पनि छन भन्ने कुरा शुक्रबार विहान प्रहरी प्रभाग बलम्बुका प्रहरीले देखाएका छन ।

शुक्रबार विहान काठमाडौको सतुङगलस्ूिथत प्रहरी चेक प्वाइन्टमा प्रहरीलाई घुस दिन खोज्ने एक ब्यत्ति पक्राउ परे । शुक्रबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा ११ स्थित सिप्रदीस्थित सडक खण्डमा प्रहरीले चेकजांच गर्ने क्रममा चितवनबाट काठमाण्डौ आउदै गरेको बा ११ च ५३७० नं.को बोलेरो गाडीका चालकले डिउटीमा रहेका प्रहरीलाई घुस दिन खोजे पछि उनी पक्राउ परेका हुन ।

प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरिक्षक शर्मिला गुरुङको कमाण्डमा प्र.स.नि.ललित खत्रीको टोलीले उनलाई पक्राउ गरेको हो । उक्त गाडीका चालक जिल्ला चितवन माडी न.पा. ४ घर भएका २४ बर्षिय धन बहादुर बिश्वकर्माले डिउटिमा खटिएका प्रहरी टोलिलाई आर्थिक प्रलोभन देखाई प्रहरी काम कारबाहिमा समेत बाधा पुयाईएपछि उनलाई पक्राउ गरेको निरिक्षक गुरुङले जानकारी दिनुभयो ।उनलाई थप कारवाहीको लागि प्रहरी वृत थानकोटमा राखिएको छ ।