वर्गसंघर्ष पहिचान र हाइब्रेड जातिय बिखण्डनका नायकहरु

राजनीति परिवर्तन सँगसँगै व्यापक आर्थिक सामाजिक परिवर्तन भएन भने राज्यको भित्री मुटुमा पुगेर उत्पिडक राष्ट्रले उत्पीडित राष्ट्रमाथि चलखेल गर्ने सजिलो मार्गतय गर्न सक्छन् ।  फिडेल क्यास्त्रो

लेखक

हाम्रो देश मुलत भारतमा बेलायत साम्राज्यको दबदबा रहदा देखिनै वैदेशिक हस्तक्षेप र बेलायत सेनासँग राष्ट्रिय स्वाभिमानका लडाँइ लडदै आएको इतिहास साँक्षी छ । नेपालमा जङ्ग बहादुरको उदयसँगै युरोपेली साम्राज्यवाद हाबी भएको हो । प्रापुर्बकालदेखी आर्थिक धार्मिक साँस्कृतिक अतिक्रमणको माध्यमबाट नेपाल प्रवेश गरेको छ । जसलाई टेवा र मलजल गर्नेकाम नेपालमा बिगत देखि वर्तमानसम्म आइपुग्दा त्यसकाे निरन्तरता चलिरहेको छ । राणशाषणको अन्त्यसँगै थुप्रैपटक प्रजातान्त्रिक आन्दोलन चल्दै आएको साँचो हो । खासगरी हरेक राजनीति परिवर्तन नियंन्त्रित राजनीति अस्थिरता र अनियंत्रित स्थिर संविधान नेपाली जनताको अगाडी गल्पासो बनाएर यो अबस्थामा पुगाउने पश्चिमी मुलुकहरू सफल भएका छन । त्यसकाे मुल कारण नेपालका मुलराजनितिक पार्टीको मुल नेतृत्वले आफ्नो निहित स्वार्थकोलागी राष्टलाइ खतरामा राखेर राजनीति खेलमा प्रवेश गर्नु हो ।

राजनीति परिवर्तनको एक समिक्षा

आधुनिक नेपाल निर्माण पश्चात नेपालमा टिके र गुरु दक्षिणको परिपाटीले जङ्गबहादुर राणा सम्म आएको नेपालको शासन ब्यबस्था जङ्गबहादुरको उदयसँगै राणा र शाही जादिय राज्यको द्धिपक्षिय शक्तिको त्रिणाल चलेको थियो पछि भारत स्वतन्त्रतासँगै नेपालमा परेको राजनीतिक प्रजातान्त्रिक प्रभावसँगै राणहरुको उदण्ड हैकमको बर्खिलापमा राजा त्रिभुवन सहितको संलग्नतामा राणा शाषणको विरुद्ध काग्रेश बामपंथी र नेपालको नागरिक समाज सहितको सयुक्त पहलमा राना शासन अन्त्य पश्चात पुन शाही जादि परिवार शक्तिशाली रूपमा रहिआएको र जनताको मौलिक हकहित अधिकार पुन पुरानै यथास्थितिमा रहनुले तत्कालीन नेता बिपि कोइरालाले थालिएको राष्ट्रिय मेलमिलापको निति अनुरुप राजतन्त्रको अगाडि प्रजातन्त्र तरबारको मुन्तिर तेर्सिएको बलिको बोकाझैँ भयो जसले २०१९ सालमा राजाले घटाएको फौजिकाण्डलार्इ लिन सकिन्छ । त्यसपछि तिस बर्षसम्म निरंकुश पञ्चायती ब्यबस्थाले राज्यसताको मुल बागडोर समालेको हो ।

२०४६ सालको जन आन्दोलन पश्चात प्राप्त उपलब्धिलाई तत्कालीन सत्तासेन दल नेपाली काग्रेस आर्थिक उन्नति र प्रगति समृद्धिको अलवा भ्रष्टाचार तिब्र अक्रमन्यता सगै राष्ट्रिय स्वाभिमानका केहि मुद्दामा स्वार्थको लागि बिक्री बितरण तिर जानुले नेपाली जनसमुदायमा एउटा तिब्रतम बितृष्णले ०५२ मा जनयुद्धको जन्म र बिधिबत सुरुवात भयो । राष्ट्र व्यापक अक्रमन्यता वर्गसंघर्ष र प्रतिपक्षी एमालेको सम्झौता स्वार्थले गर्दा बिशेष गरि युरोपेली र अमेरिकी साम्राज्यवादका प्रमुख एजेन्टहरु एनजीओ र आइएनजिओको माध्यमबाट शान्ति र मानव अधिकार बादिको नामले एमालेभित्र ब्यापक्ता छ ।

यो जस्ले नेपाली समाजमा नियंत्रित राजनीति अस्थिरता यथावत राख्न दस बर्षको जनयुद्धको अब्यबस्थित अवतरण गराउन र नेपाललाई आफ्नो स्वार्थसिद्ध गर्न भारतलाई बैशाखी बनायर युरोपेली युनियन र अमेरिकी साम्राज्यवाद नयाँ परिबन्ध सहित आयको तत्कालीन भारत र नेपालका राजनीति दलहरूले बुझ्न नसकेको यथार्थ थियो ।

जसले १२ बुदे सम्झौता सहित संघियता धर्मनिरपेक्षताको गलपासो प्रचण्ड मार्फत भिडाइएको हो । माओवादी पार्टीको फुट र गुट उपगुटमा बिभाजनपनि वैदेशिक गुरुयोजना भित्रको एउटा मुलपाटो हो । तत्कालीन एनेकपा माओवादी जनताबाट अनुमोदित रूपमा शक्तिशाली राजनीति दलको रूपमा स्थापित भएपछि जस्ले अबैज्ञानिक रूपमा धर्मनिरपेक्षता र संघियताको एजेन्डा जनताको बीचमा लिदाको परिणाम माओवादी केन्द्र तेस्रो दलको रूपमा स्थापित भयो यसको लगतै संविधान घोषणा र कार्यान्वयनसँगै पश्चिमी मुलुकहरूले आफू अनुकुलको एजेन्डा संस्थागत गर्न बामपंथी एकता र पार्टी एकताको नौटङ्की गरेर द्धन्दको गलपासो प्रचण्ड मार्फत केपिको गलामा भिडाइएको छ भने केपि वली मार्फत नश्लिय राष्ट्रबादको गनाउने माला प्रचण्डको घाँटिमा बाधियको छ ।

संबेदनशिलल राष्ट्रिय समस्या र वर्तमान सरकार

पश्चिमी मुलुकहरूले भारत र चिनलाइ मध्यनजर गरेर एशियाली मुलुकमा आफ्नो बलियो उपस्थिति जनाउनको लागि नेपाललाई सामरिक महत्त्वको मुख्य ककफिडको रूपमा नेपाललाई मान्दै आएको छ । जस्को स्वार्थपूर्तिका लागि नेपाल गृहयुद्धको एउटा चरम अस्थिरता बल्झिरहोस भन्ने अमेरिकी र युरोपेली चहाना मुताबिक आफ्ना एनजीओ मार्फत धार्मिक क्षेत्रिय जातीय साम्प्रदायिक दङ्गा भड्किलो योजनाको बीउ रोपेको छ । बर्तमान अबस्थामा पहिचानको नाममा समाजमा सामाजिक बिखण्डन र घृणाको राजनीति बामपंथी सरकारको पालाको बिचमै घुसपैठ गराउने खतरापूर्ण योजनाको सुरुवात भएको छ ।

बर्तमान सरकार र मुल समस्या 

बर्तमान सरकार मुख्यत नेपाली समाजको इमोर्सनल मानसिकतालाई सम्बोधन गर्न बामपंथी एकताको नाममा युरोपेली गुरुयोजनालाई कार्यरुपदिन बनाइएको बुखेचा हो । यो सरकारले बर्तमान अबस्थामा देखिएको मधेसी सिके रावत र पहाडी नश्लिय सिके रावत जनमाउने कोसिस युरोपेली र अमेरिकी मुलुकहरूबाट भरपुर कोसिस गरिएको छ । जस्लार्इ मलजल पोषन गर्ने काम यो वा त्यो रुपले बामपंथी नामको सरकारको आध्यात्मिक अवस्था आइलाग्ने जरुर देखिन्छ।

पश्चिमी साम्राज्यवाद र प्रचण्डको राजनीति यात्रा

नेपालमा दसबर्षको जनयुद्धको भयानक र खतरापूर्ण तरिकाले हत्या गराएर वैदेशिक साम्राज्यवादको बैसाखी बनेका छन । वर्गसंघर्षलाई बिधिवत अन्त्य गराएर जातीय र धर्मका नारामा सस्तो लोकप्रियताको क्षणीक स्वार्थमा एनजीओबादी पहिचानको बाटो अङ्गालनु आफू र राष्ट्रलाई हस्पिटलको बाटो नभएर मसानघाटको बाटो अबलम्बन गरेका छन । पहिचान र आत्मनिर्नयको बुक्ला फुस्रा प्रचारप्रसारले देशमा साम्प्रदायिक बिखण्डनको उत्पादन गरायको छ एनजीओ र आइएनजिओ यस्ता खाले जातीय क्षेत्रिय धार्मिक दोन्द उत्पादन गराउन बामपंथी सरकार र केपि प्रचण्डको टुपि कसेर समर्थन गर्ने छ्न । अन्तत यो पहिचानको नाममा नेपाली समजलार्इ आफ्नो पाचौं पुस्ता अगाडिको पुस्तालाई भुल्ने प्रकारको नेपाली अनुहारमा गोराहरुको रितिरिवाज ल्याउन वर्गसंघर्षलाई रद्दिको ट्वाङमा फालेर हाइब्रेड साम्प्रदायिक युदको तरबार समत्नुलाइ कम्युनिस्ट मजाक बाहेक अर्को केहि होइन।