जाजरकोटी लोक तथा परम्परागत साँस्कृतिको प्रथम राष्ट्रिय प्रर्दशनीमा जे देखियो…

एेतिहासिक बिरताकाे नाच खाडाे नाच

जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी भब्यरूपमा काठमाडाैमा सम्पन्न भएकाे छ । 

जिल्लाको परिचयलाई बदलेर पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन तथा रैथाने लोक नृत्यलाई राष्ट्रियकरण गर्नका लागि काठमाण्डौंमा भएकाे प्रदर्शनीमा जाजरकाेटका बिभिन्न लाेक रैथान साँस्कृतिकाे प्रदर्शनी गरिएकाे थियाे । 

माननिय साँस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री रबिन्द्र अधिकार, पुर्व गृह मन्त्री जनार्दन शर्मा साँसद कालीबहादुर मल्ल लगायतकाे टिम कलाकारसंगै नाच्दै….

इस्वी सम्वत १८१४ देखि १६ सम्म भएको नेपाल–अंग्रेज बिचको युद्धमा जाजरकोटी सेनाले नेपाल सरकारलाई गरेको मद्दत, नेपाल एकिकरण अभियानमा जाजरकोटी सेनाले पृथ्वीनारायण शाहलाई सघाएको गौरवपुर्ण ईतिहास, विक्रम सम्बत १९११ मा हुम्ला र चिनको विचमा रहेको ताक्लाकोटमा जाजरकोटी सेनाले आक्रमण गरि ६ सय थान वन्दुक खोसेर नेपाल सरकारको विजय यात्रामा गरेको योगदान महत्वपुर्ण याेगदान हुन ।

सुदुर पश्चिमको डोटी राज्यका राजा शोभान शाहीले गोर्खाली सेनाका कमाण्डर रणजीत कुवरको फौजलाइ १८४८ सालमा घेरा बन्दी गरेको वेला जाजरकोटी राजा गजेन्द्र शाहको नेतृत्वमा गएको ५ सय फौजले उद्धार गरेर नेपाल एकिकरण अभियानलाई सघाएको ईतिहासलाई प्रदर्शनीले राष्ट्रिय स्तरमा जीवन्तता दिएकाे थियाे । 

जाजरकाेट ढिमेकाे सिंगारू

कार्यक्रमका प्रमुख अतिथि सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले  एेतिहासिक खाडाे नाच जगर्नेका लागि सबै तह र तप्काबाट पहल गर्दै यसकाे महत्वकाे बिषयमा चर्चा हुन जरूरी रहेकेा बताउनु भयाे ।

उपराष्ट्रपति पुनले मुलुकका सवै क्षेत्रको परम्परा तथा सांस्कृतिलाई जोगाए मात्र मुलुकको अस्तित्व रहने भएकोले यसतर्फ पनि ध्यान दिन सवैलाइ आग्रह गर्नु भयाे ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले सरकार सवै प्रदेशका कला,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासको लागि आवश्यक पर्ने निति नियम बनाउन लागी परेको बताउनुभयो ।

 

जाजरकाेटकाे लाेक रैथाने नृत्य ख्यालीटिमसंगै मा.पर्यटन मन्त्री रबिन्द्र अधिकारी मन्तब्य राख्दै

त्यस्तै सोही कार्यक्रममा माओवादी केन्द्रका नेता एव पुर्वगृहमन्त्री जर्नाधन शर्माले आफ्नो प्रदेश र सिंगो देश सम्बृद्ध बनाउनकै लागि जनताको प्रतिनिधि भएकोले जनताप्रति प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न परम्परागत नाच,गान समेत प्रर्दशन गरिएको थियो ।

सम्माननिय उपराष्ट्रपति नन्द बहादुर मन्तब्य राख्दै ..