म अथक यात्री हुँ

कविता

लेखक

म अथक यात्री हु 
मात्र बम बारुदको झोला बिसाएर आएको छु
फेरिपनि बलिदान आवश्यक पर्छ भने देशका लागि
नालापानी र कालापानीमा लड्न तयार छु।
लिपुलेख हुँदै उपल्लो कर्णाली अनि
कोसि सम्झौतालाई खारेज गर्न तयार छु ।
गौतमबुद्ध आर्जेको मुलुकमा 
सगरमाथा हासिरहेको हेर्न चाहेको छु।।

गणतन्त्रको बिगुल फुक्नेहरुलाइ 
चिल्ला महलमा देख्ना पायको छु ।
सिरको फुटबल र रगतको होलि खेल्ने ।
बैज्ञानिक सामाजबाद नियालेर हेर्न चाहेको छु।।
मलाई युद्धको कथा नसुनाउ
हजारौं चिताहरु जलायर आएको छु।।

म हारेर होइन कुनै 
ब्यक्तिबादबाट भागेर आएको छु
खिया लागिसकेका ती 
मेसिनगणहरु थन्क्याएर आएको छु
तर म कायर भएर होइन 
कायापल्ट भएर आएको छु
दशबर्से जनयुद्धले ग्रस्त भएका युवाहरुको लाम
खाडी मुलुकमा देख्ना पायको छु।

गणतन्त्रको नाउँमा राज्तन्त्रको चलखेल गर्ने 
ब्वासाहरूकाे अन्त्य चाहेकाे छु ।
टुटफुट र पक्षपातको नेपाली राजनीतिलाई।
जरैदेखि निलम्बित भएको देख्ना चाहेको छु ।