अनियन्त्रित चिनियाँ अन्तरिक्षयान पृथ्वीको कुन हिस्सामा खस्ला !

यी हुन जोखिममा रहेका विश्व ३८ सहर

आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ ।

‘दि तियांगोङ्ग–१’ नामको उक्त यान सन् २०११ मा अन्तरिक्षमा पठाइएको थियो । पाँच वर्षे मिशन पुरा गरेको यो यान अबको दुई दिनभित्र धर्तीमा खसिसक्ने जनाइएको छ । सम्पर्कविच्छेद भएका कारण यसलाई नियन्त्रणमा ल्याउन नसकिएको वैज्ञानिकहरुको भनाइ छ । केही अन्तरिक्ष यानका अवशेष वायुमण्डलमै नष्ट हुने भए पनि केहीको अवशेष भने धर्तीमा खस्ने गर्दछ । चीनले यो यानका बारेमा अधिक जानकारी नदिएका कारण यो यानको कुन हिस्सा नष्ट हुन नसकि धर्तीमा खस्न लागेको हो भन्ने यकिन गर्न कठिन भएको पश्चिमा मुलुकका वैज्ञानिकहरु बताउँछन् ।

वैज्ञानिकहरुले एउटा बस बराबरको आकारको हिस्सा धर्तीमा खस्न सक्ने जनाएका छन् । विश्वका ३८ सहर यो यान खस्न सक्ने जोखिममा छन् । तीमध्ये १४ सहर अमेरिकाका छन् । त्यस्तै स्पेन, चीन, मोनाको, फ्रान्स, इटली, न्यूजिल्याण्ड, टर्की, जापान, क्यानाडा, रुस र अर्जेन्टिनाका सहर पनि जोखिममा छन् ।

यी हुन जोखिममा रहेका विश्व ३८ सहर