गोप्यरूपमा यौनधन्दा चलाउने गिरोह प्रहरीद्धारा पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डा बाट यौन धन्दा संचालक सहित संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक शर्मिला गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार अपरान्ह पौने ५ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
चन्द्रगिरी नगरपालिका १५ स्थित भिमराज मिश्रको कोठामा यौन धन्दा संचालन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेको प्रहरी निरिक्षक शर्मिला गुरुङले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा यौन धन्दा संचालक दार्चुला मालिकाराजका ४१ बर्षिय भिमराज आर्चाय,संलग्नहरुमा जिल्ला नुवाकोट चौघडा २ घर भई का जि च.च.न.पा १५ तिनथाना बस्ने बर्ष ३८ को उषा मल्ल,जिल्ला गोरखा घ्यल्चोक २ घर भई च.नपा.११ बस्ने बर्ष १८ की रमिला मगर,जिल्ला काठमाण्डौ च.न.पा.४ थानकोट घर भएका बर्ष २१ की अनिषा गोपाली रहेका छन् । हाल उनीहरुलाइ आवश्यक कारवाहीको लागि प्रहरी वृत थानकोटमा पठाइएको छ ।