पश्चिमी साम्राज्यवादका प्रमुख एजेण्ड र लुकेका सिकेरावत

आफ्नो स्वार्थको लागी राष्ट्रलार्इ नै धरौटीमा राखेर अाबश्यक्ता परिपुर्ति जसले गर्छ त्यस्तैलार्इ साम्राज्यवादिहरुले उपयोग गर्छ्न – लेनिन

 

लेखक

नेपालको संविधान र राज्यको पुर्नसंरचन जनप्रतिनिधिको बारेमा व्यापक समस्या देखिदै आएको छ । जसलार्इ समाधान सुल्झाउन नेपालका राजनीति पार्टीहरुमा व्यापक अक्रमन्यता देखिन्छ । यसैको फाइदा उठाउन पश्चिमी मुलुकहरू चलाखी र चतुरो हुँदै युएन नामको प्लेकार्ड बोकेर चुनावी मत सर्बेक्षण नाममा पारेको प्रतिबेदनले एउटा गम्भीर र खतरापूर्ण संकेत देखियो । तराईमा बितन्डाको बीउ रोपेका सिकेरावतलार्इ राहत महसुस हुनेगरी पहाडी भड्किलो सिकेरावत खोजीमा छ्न ।  यो प्रक्रिया मुलत अहिलेको होइन संविधान लेखन र घोषणा सम्म आइपुग्दा नेपालले अमेरिकी तथा युरोपेली मुलुकहरूको चाख अनुकूल क्रियाकलाप गर्दै आयका थिए । जस्को प्रतिफल अहिले प्रत्यक्ष हस्तक्षेप र निर्देशनात्मक ढङ्गले प्रष्फुटन भएको हो।

पश्चिमी मुलुकहरूले नेपाल एसियाली मुलुकमा सबैभन्दा संबेदनसिल भाबभुमिमा अवस्थित छ । एसिया महादेशको अढाईअर्ब जनसंख्याको मुल निसानाको बीचमा नेपाल छ । यहि अन्तर्राष्ट्रिय महत्त्वलाई आत्मसात गरेर बनाइयको अमेरिकी तथा युरोपेली युनियनको गुरु योजना नेपालमा लागू भएको छ । धर्म निरपेक्षता जातीयता र संघियताकाे अबैज्ञानिक बीउ रोपेर देशमा क्षेत्रिय तथा जातीय बितन्डा उत्पादन गरायर आफ्नो उपस्थिति जनाउने कुचेष्टा गरेका छ्न ,जस्को निरन्तरता भर्खरै युरोपेली युनियनले जारिगरेको प्रतिबेदनलाई लिन सकिन्छ।

साम्राज्यवादको आफ्नो उपस्थित जनाउने तरिका 

मुख्यत यतिबेला नेपालमा त्रिकोनात्मक उपस्थित र चलखेल गर्न आफ्नै तथानाम तरिका छ्न । राजा महेन्द्रको पालादेखी हालसम्म आइपुग्दा भारत अमेरिकी र युरोपेली मुलुकहरू आफ्नो उपस्थिति जनाउन भिन्न तरिका अपनाउदै आएका छ्न । भारत साम्राज्यको गनगने थनथने प्रवृत्ति प्रमप्रादेखी चलाउदै आयको हो । जसकाे निरंतरता बाह्रबुँदे सम्झौता हुदाखेरी युरोपेली र भारत एकठाउमा बसेर नेपालमा शान्ति सम्झौता कायम गराउने योजना अनुसार नेपालमा दिगो अस्थिरता कायम गर्ने हेतुले संघियता र धर्म निरपेक्षताकाे बिजारोपन गराएर मधेस आन्दोलन उत्पादन गराएर गौर हत्याकाण्ड घटाइएको थियोे । जसबाट भारतलाई दिगो असरपर्ने देखेर मधेसबाट ब्याक भयो अपितु संविधान घोषणा प्रकृयामा भारतले आफ्नो नकारात्मक गनगने थनथने कार्यसैली अनुहार स्वरुप नाकाबन्दीले गर्दा नेपालबाट भारत धेरै ब्याक हुनुपरेको हो।

आफ्नो दीर्घकालीन लाभ र चाख अनुसार नेपालमा यो वा त्यो रूपमा सामाजिक सदभाब एकताको संस्कारमाथी चौतर्फी धावा बोल्न घृणा र बिखण्डनको बिजारोपन गरेको त्यस्को प्रतिनिधि पात्रको रुपैमा सिकेरावत लाई कादमा बोकेर हिड्ने काम पश्चिम्तिरबाट भएको छ ।पश्चिमीहरुको मुख्य योजना नेपाललाइ एउटा राष्ट्र दुइटा राष्ट्रियता उत्पादन गरायर तराई नेपालको भिन्न मुलुक हो खस आर्य आदिवासी जनजाती बिचमा भिन्नता छ खस आर्यहरुबाट मधेसी आदिवासी जनजाती उत्पीडित छ्न यस्को हलको लागि राज्यको पुनर्संरचना मार्फत आत्मनिर्न्यको अधिकारको बीउ रोपिएको हो जसको प्रतिउतपादक बर्तमन सरकारका मुल नेर्तित्वहरुहुन ।

आइएनजिओको र यसकाे अाबश्यक्ता के ?

नेपालमा मुख्यगरि राजनीति अस्थिरता सामाजिक सद्भाव र घृणाको राजनीतिको बीउ रोप्ने आइएनजिओको भुमिका रहेकोे छ । यसको नेपाली जनता नेपाल सरकार र नेपालका राजनीति पार्टीहरुले नेपालबाट यस्ताखाले सबै आइएनजिओ तिरष्कृत गर्न जरुरी छ। युरोपियन युनियनको मुख्य प्रतिनिधि एजेन्टको रूपमा एनजिओ र आइएनजिओ छ्न यतिबेला धेरै एनजीओ र आइएनजिओ भएको राजनीति पार्टीहरु एमाले र माओवादी केन्द्र देखियका छ्न। त्यस्कै फलस्वरूप देशमा जातीय तथा धार्मिक बितन्डा उत्पादन हुने प्रबल संभावना बढेर आयको छ।

नेपाली राजनीति पार्टी र तिनका मुल नेतृत्वले बोल्ने जती सबैकुरा स्वबिबेकले बोलेका होइनन यो वा त्यो रूपमा युरोपेली तथा अमेरिकी उक्सावटमा अभिव्यक्ति हुने गरेका छ्न । अमेरिकी साम्राज्यवादले नेपाललाई रुवाणडा तथा सिरिया बनाउने डरलाग्दो चालबाजी गरिरहेका छन जस्लाइ नबुझ्नु गुलाम सत्तामोहको गोटिको रूपमा चिन्न सकिन्छ प्रचण्ड तथा वलिदुबै युरोपेली तथा अमेरिकी साम्राज्यवादको खेतालो बनेर नेपालमा राजनीति गरिरहेका छन ।

नागरिक समाज र युरोपेली युनियनको नाटक 

खासगरी नेपालमा तीन प्रकारको नागरिक समाज छ्न । पहिलो राजनीतिबाट आजित शक्ति र ग्रुप दोस्रो पार्टीको टिकट नपायर प्रतिसोधको इख राखेर बसेको शक्ति तेस्रो राष्ट्र र राष्ट्रियताको सुरक्षा प्रजतन्त्र चहाने तर राजनीतिमा अग्रसर हुन नचाहने इ शक्ति यो वा त्यो रूपमा राजनीति दलसँग समाहित हुन चाहेको देखिन्छ । जसलार्इ उपयोग वैदेशिक राजनीति शक्तिबाट प्रभावित बनेर इमोर्सनल मासको प्रतिनिधित्व गर्नसक्ने बढी खतरा देखिन्छ । भर्खरै यस्ता डरलाग्दो खतरा सिकेरावत देखिन्छन् । यो देखिएको सिकेरावत भन्दा नदेखिएको नस्लिय सिकेरावत भेटाउन युरोपेली र अमेरिकी मुलुकहरू तल्लीन छन । हामीले प्रयाप्त उदाहरणहरु देखेका छौ हिजो भारतलाई टुपिकसेर गालिगर्नेहरु आज नेपालको राजनीतिमा घृणा र बिखण्डनको बीउ छर्न राज्यलाई जबर्जस्त निर्देशन गर्न युरोपेली युनियनका विरुद्धमा चुइक्क एक सब्दपनी नबोल्ने राजनीति दलहरू र तिनका मुलनेताहरु को कसरी कहाँनेर कस्को इसरामा चलेको छ स्पष्टताकासाथ बुझ्न सकिन्छ ।

तराईमा सिकेरावतलाइ गर्दनमा बोकेर पहाडी नस्लिय सिकेरावत खोजदै छ्न पश्चिमीहरु मानव अधिकार भनेर घृणा र बिखण्डनको राजनीति गर्ने र नेपाललाई साम्प्रदायिक रनमैदान बनाउन खोज्ने युरोपेली नितिलाइ बुझ्न जरुरी छ नेपाल एउटा महत्त्वपूर्ण भु सेतु हो जस्को महत्व राष्ट्रिय स्वाभिमान सहित भारत र चिन दुबैलाइ मिलाएर लिने औकात राख्न जरुरी छ। सरकार र सत्ता गठबन्धनको बीचबाट नश्लिय सिकेरावत नजन्मियोस ।