प्रहरीको मिलोमतोमा भगाइएका प्रजापति अन्ततः पक्राउ परे

समाचार प्रभाव

काठमाडौं,चन्द्रागिरी नगरपालिकास्थित बोसीगाउंमा जुवा संचालन गर्ने सतुङगलका निरज प्रजापति अन्तत पक्राउ परेका छन् । गत चैत ५ गते हामीले “यसरी हुन्छ प्रहरीकै मिलाेमताेमा दिनदाहाडै जुवा संचालन” भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीलाई प्रजापतिलार्इ पक्राउको लागि दवाव परेको हाे ।

त्यसको भोलीपल्टै चैत ६ गते बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक शर्मिला गुरुङको कमाण्डमा गएको प्रहरीको विशेष टोलीले प्रजापतिलाई काठमाडौंको गुर्जुधाराबाट पक्राउ परेको प्रहरी निरिक्षक गुरुङले जानकारी दिनुभयो । गत फागुन २६ गते गोप्य सूचनाकै आधारमा उक्त जुवा खालमा बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक गुरुङको कमाण्डमा प्रहरी सहायक निरिक्षक गोविन्द साउदको टोली जुवा खालमा पुगेका थिए ।

तर प्रहरी टोली घटनास्थाल पुग्नु अगामै संचालक प्रजापतिलाई साउदले भगाइएको विशेषसुत्रले हामीलाई जानकारी दिएका थिए । सोही प्रहरी प्रभागमा कार्यरत सहायक निरिक्षक गोविन्द साउदले चन्द्रागिरी नगरपालिकास्थित मातातिर्थ र सतुंगल क्षेत्रमा संचालित अवैध जुवा संचालकलाई संरक्षण गर्ने गरेको सुचना पाइएपछि हामीले समाचार प्रकाशित गरेका थियौं ।

सहायक निरिक्षक साउदले पक्राउ गर्न जानु पहिले नै जुवा संचालकलाई भगाउने गरेको र खेलमा संलग्नहरु मात्र पक्राउ पर्ने गरेको सुचना हामीलाई विशेष सुत्रबाट जानकारी भएको थियो । उक्त क्षेत्रमा सतुङगलका निरज प्रजापति, चन्द्रागिरी धाक्सीका हिरा शाही र अर्का एक महिलाले अवैध जुवा संचालन गर्दै आएका थिए । शाही र एक महिला यसअघिनै पक्राउ परेपनि प्रजापति भने पक्राउ परेका थिएनन् ।संचालक प्रजापतिले पिकनिक भन्दै बोलाउने र तास खेलाउने गर्दै आइरहेका थिए ।

हाल उनलाई सार्वजानिक मुद्धा चलाइ म्याद थप गरी थप कारवाहीको लागि थानकोट प्रहरी बृतमा राखिएको छ । भने उक्त उनीहरुसंग सांठगांठ रहेको आरोप लागेका सोही प्रभागका प्रहरी साहयाक निरिक्षक राउत बारे अनुसन्धान गरी प्रमाणित भए आवश्यक कारवाही गर्न प्रहरी प्रधान कार्यलय नक्सालले पत्र पठाएको छ । प्रजापति निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्याकण्डमा मुछिएका व्यक्ति पनि हुन । उनी सिआइवीको पनि फरार सुचिमा थिए ।।।