उपप्रमुखले वडा सदस्यलाई कुटपिट गर्दै कार्यकक्षाबाट ‘गेट आउट’ भनेपछि….

यस्ताे हंगामा

ईटहरी । सुनसरीको दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले वडा सदस्यलाई कुटपिट गरेकी छिन् । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहेकी उपप्रमुख साहले दुहबी नगरपालिका–५ का वडा सदस्यलाई कुटपिट गरेकी हुन् । वडा नम्बर ५ स्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदान निर्माणको विषयलाई लिएर उपप्रमुख साहले वडा सदस्य कृष्ण तामाङलाई नगरपालिकाको प्रागणमै कुटपिट गरेकी हुन् ।

वडा सदस्य तामाङले खेल मैदानको निर्माण सकिएको भन्दै अनुगमन गरेर बजेट फरछ्यौट प्रक्रिया अगाडि बढाउन आग्रह गरेपछि बिवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा उपप्रमुख साहले कार्यकक्षाबाट ‘गेट आउट’ भन्दै बाहिर निकालेर श्रीमान्को सहयोग लिई आफूलाई पिटेको तामाङ बताउँछन् । वडा सदस्य पिटिएको घटनासँगै दुहबी नगरपालिकामा भइरहेको भ्रष्टचारको समेत रहस्य खुल्न थालेको छ । नगरपालिकाका कर्मचारीले पैसा माग्ने गरेको स्थानीय दावी गर्छन् ।

सुनसरीको दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साह

सुशासन र नागरिकका समस्या समाधानमा अग्रसर हुनुपर्ने नगरपालिकाका पदाधिकारी नै अनियमिततालाई बढवा दिएर कुटपिटमा उत्रिएपछि स्थानीय आक्रोशित छन् । उनिहरुले उपप्रमुख साहलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।