तिम्रो शहरमा

कविता

 

लेखक

गाउँबाट हजारौं सपना बोकि 
मनको भावनासंग साक्षत्कार गर्दै
अनेकौँ चाहना बोकि  उक्लिए तिम्रोशहरमा
यहाँको रमझम भित्रदेखिने अनगिन्ती दर्दनाक पिडा
बोकि उभिए जेनतेन तिम्रो शहरमा
ठाउँ पिच्क्षे फरक बुझाई र बसाइँसरार्इ हुदोरहेछ 
आफ्नो पनि हेर्दाहेर्दै पराई हुदोरहेछ तिम्रो शहरमा ।

धनिले चौरासी ब्यञ्जन भोजन खाँदा
गरिबहरुको बाटोबाटोमा भोक भोकै मराई हुदोरहेछ तिम्रो शहरमा
अगाडि सम्मान गरेर पछाडि छुरा रोपिदोरहेछ 
अन्यायअत्याचार भएपनि न्यायलाई पैसामा छोपिदोरहेछ तिम्रो शहरमा
धनी महल बसेर आनन्द लिएर बसेको हुन्छन
महल बनाउने गरिब चाहिँ ईटामाटोमा ठोकिदोरहेछ तिम्रो शहरमा ।

जता हेर्यो उतै फोहोरै फ़ोहोर देख्छु  
यात्रा गर्दा पनि पाइला पिछे चोर देख्छ तिम्रो शहरमा
आतिन्छु धुवाधुलो ठूलो भिड भित्रको कोलाहलले
दुई दिन बस्दा नि जिन्दगी बोर देख्छु तिम्रो शहरमा ।

अचम्मको छ झुठ बोलि बिश्वास दिलाइन्छ 
मृत शरीर पनि धनिगरिबको हिसाबले जलाईन्छ तिम्रो शहरमा
अन्याय अत्याचार गर्नेलाई सम्मान गरि
न्यायलाई गुमनाम गरि देखावटी मिठास बोलाईन्छ तिम्रो शहरमा
एउटै घर भित्र कोठा बस्ने मान्छेहरुको चिनजान हुदैन
समस्या परेको बेला एकअर्काको मन छुदैन तिम्रो शहरमा
यतिसम्म स्वार्थी र कठोर छ कि माँन्छेहरु
आर्यघाटमा आफ्नै आफन्त जलाईदा नि रुदैनन तिम्रो शहरमा ।

रहरै रहरको ठूलो दरबार ठडिन्छ अस्तित्व बिहिन प्राणी सिर्जिन्छ
कुराहरुको मुल आसय केहो भनी नबुझी त्यतिकै गर्जिन्छन तिम्रो शहरमा
यति सम्म निस्थुरी बनाएको हुन्छ मानिसलाई
को आफ्नो को बिरानो भनी चिन्दैनन तिम्रो शहरमा ।।