अामा – छाेरी

सवाल जवाफमा दुर्इ कविता

 

” आमा”

डाक्टर बनी आउदैछु बंगाल
देशबाट प्लेन उडयाे आमा
आफ्नो देशको आकाशमा घुम्दा घुम्दै
पशुपतिनाथले छल्यो आमा
अब त घर पुगियो भन्दै थिए
रनवे मै जहाज ढल्यो आमा
बाहिर हेर्ने धेरै कोसिस गरे तर
शरिरमा आगो ढनढनी बल्यो आमा
अब सपनीमा मात्रै आउँछु होला
भौतिक शरीर जल्यो आमा ….।

” छोरी”

आउने अरु माध्यम थिए
बंगाल विमान चढेउ छोरी
रनवे मै बेहोस नहुन्जेल
कति चोटि लडेउ छोरी
घरवारी बेचेरै भएपनी
दुःखसुख साटेरै भएपनि

डाक्टर पढेउ छोरी
अब आमाबुबाको सेवा गर्छु भन्थेउ
किन लास भनी
आँगनमा लडेउ छोरी
तिम्रो आमालाई कसरी
समाल्नु मैले किन
कहिल्यै नफर्किने गरि
हामिलाई छोडेउ छोरी ।