निरीह छैन म

कविता

सपनाहरू यथावत् –यगावत् छन्
कुनै परिर्वतन छैन सन्नानी !
छैन, जीवनको कुनै सापेक्षिक दर्शन छैन
आँगनको डिलमा उभिएर हेरेकै हुँ
सूर्योदयको रातो धाम
उही, उदाउने कुनै छनक छैन
उहुँ ,फेरिएनन् सान्नानी !
मस्तिष्कमा उतारिएका क्रूर तस्बिरहरू
फगत झिनो जिजीविषा बोकेर उभिरहे सालौँसाल

बाबा भन्नुहन्थ्यो –नानी ! शीत सुक्न त घाम लाग्नुपर्छ
हो, सान्नानी म यतिखेर पोल्टाभरि
घाम बटुल्दै छु
म निरीह छैन सान्नानी !
देश दुख्दा मैनझैँ पग्लने
तिमी छ्यौ , ऊ छ, अर्को ऊ छ
सुन्दर विचारका धनी
सुन्दर व्यावहारका धनी
इन्द्रेनी सपना कुँद्नेहरू
पर्ख , अब केवल शीत साम्राज्य अन्त्य हुनेछ
पुनश्च ः घाम र शीतको लुकामारी हुनेछ

भोकको ज्वाला मेट्न कान्छा पलायन हुने छैन
कान्छीले अस्मिता च्याँखे थाप्ने छैन
किनकि, देश दुख्दा मैनझैँ पग्लने
तिमी छ्यौऊ ऊ छ , अर्को ऊ छ
म निरीह छैन सान्ननी
हो म निरीह छैन ।

बुद्वनगर काठमाडौँ