बाँच्छु भन्ने सोचेको थिइनँ : सहरिन अहमद
प्रकासित मिति : २०७४ फाल्गुन २९, मंगलवार ०१:१९
प्रकासित समय : ०१:१९
मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो । सोमबार १२ : ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ ।
हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो । काठमाडौं विमानस्थलमा २ः ३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ ।
दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो । दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् । अचानज सबै कुरा भयो ।
जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका िथए ।, आजको नागरिकमा यो खबर छ ।