ललितपुरमा क्रान्तिकारी पत्रकारको नयाँ नेतृत्व चयन
क्रान्तिकारी पत्रकार संगठन नेपाल ललितपुरको दोस्रो जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । अाइतबार सम्पन्न सम्मलेनले विनोद श्रेष्ठको अध्क्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा रामप्रसाद घिमिरे,सचिव मिना भट्टराई, सहसचिव हुमकला मिश्र, कोषाध्यक्ष अनिता परियारलाई निर्वाचित गरेको हो ।
त्यस्तै सदस्यहरुमा शोभा रावत, शिव गौतम, विष्णु बस्नेत, समिशा मोते, केशव निरौला, मोहन शतसंकर, विष्णु दोङ तामाङ, सुमन पतुवार, सुनिता श्रेष्ठ, असिम सापकोटा, भिम प्रसाद न्यौपाने, सुरेन्द्र थापा र रिमा न्यौपानेलगायत छन् ।
ललितपुरको जिल्ला सम्मेलनको उद्घाटन गर्दै क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले जनपक्षीय पत्रकारिता यात्रालाई दह्रो गरी पकड्दै आर्थिक मिशनलाई मात्र प्रधान बनाउने मिशन बनाइरहेका कर्पाेटरेट टाइकुन पत्रकारिताका विरुद्ध जुट्नु पर्नेमा जोड दिए ।
अध्यक्ष चलाउनेले सर्वसाधारण जनताका जीवनसँग जोडिएका समस्या र राज्यले गरेको विभेदका विरुद्ध जनताले जनाएका असहमति वा विरोधलाई कुनै स्थान नदिने तर राजनीतिक शक्ति र आर्थिक शक्तिको गुणगाण गाएर उनीहरुकै वरिपरि रहेर गरिने पत्रकारिता सही पत्रकारिता नभएको उनको भनाई थियो ।
त्यसैगरी सम्मेलनलाई शुभकामना दिँदै नेकपाका ललितपुरका सेक्रेटरी विपिनले संचारमाध्यमहरुले जनताको जीवनलाई भन्दै निश्चित फाइदाको लागि विषयबस्तुको छनोट गर्ने प्रवृति बढेको बताउँदै त्यसलाई चिर्ने जिम्मा क्रान्तिकारी पत्रकारहरुको काँधमा अाएको बताएका थिए ।