क्रान्तिकारी पत्रकार संगठन नेपाल काठमाडौँको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

करण बडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

क्रान्तिकारी पत्रकार संगठन नेपाल काठमाडौँको दाेस्राे जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नव निर्वाचित ३५ सदस्यीय कार्यसमितिमा करण बडाल अध्यक्ष सहित उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सह सचिवमा केशव भुल कोषाध्यक्षमा शम्भु दंगाल रहेका छन् ।

यस्तै सदस्यहरुमा सोभराज बराल, नारायण सुवेदी, मिक्साङ्ग वाइवा, नारायण अधिकारी, सुमन जोशीलगायत ३५ जना रहेका छन् । केन्द्रीय सम्मेलनको तयारी भइरहेका बेला क्रान्तिकारी पत्रकार संगठन नेपालले देशभर जिल्ला सम्मेलन गरिरहेको छ । नेत्र विक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट निकट रहेका क्रान्तिकारी पत्रकारहरु आबद्ध उक्त संगठनको राष्ट्रिय सम्मेलन आउँदो बैसाख १५ र १६ गते हुँदैछ । सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउने प्रमुख अथिति रहेका थिए, भने नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी धिरिन्द्रा उपाध्याय बिशेष अथिति रहेकी थिइन् ।

यस्तै सम्मेलनको उद्घाटन सत्रमा न्युनतम पारिश्रमिक निर्धारण समितका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, महासंघ केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठन नेपालका उपत्यका संयोजक जन्मदेब जैसीले सम्मेलन सफलताको शुभकामना दिंदै सार संक्षेपमा आफ्ना भनाई राखेका थिए ।

यस्तै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्त राम बिडारी, महासंघ केन्द्रीय सदस्य तथा प्रेस युनियन काठमाडौँ अध्यक्ष नकुल अर्याल, प्रेस चौतारी नेपाल काठमाडौ उपाध्यक्ष विष्णु आचार्य, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति सदस्य मिराराज भण्डारी लगायतका अथितिहरुले मन्तब्य राख्दै सम्मेलनबाट बन्ने नया कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।
क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा काठमाडौँ साखाका निबर्तमान अध्यक्ष मानध्वज लामा ुसागरुको अध्यक्षतामा अनामनगर स्थित संवाद डबलीमा सुरु भएको सम्मेलन उद्घाटन सत्रको सञ्चालन संगठनका निबर्तमान सचिब तथा पत्रकार महासंघ काठमाडौँ साखा सहसचिव रामशरण माझीले गरेका थिए ।