प्रहरीको चर्काे विरोधपछि ६ घण्टासम्म युवतीलाई कुट्ने भोले बाबा पक्राऊ

काठमाडौं । कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीमा विहिबार बोक्सीको आरोपमा निर्घात कुटीएकी एक चेलीको घोडाघोडी अस्पतालमा सामान्य उपचार पछि सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ । आफुलाई भोलेबाबा बताउँने राम बहादुर चौधरीले स्थानिय २० वर्षिया राधा चौधरीलाई बोक्सी भगाउने भन्दै निर्घात कुटपिट गरेका छन् ।

चौधरीको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान, आँखा लगायत शरीरका विभिन्न भागमा कुटपिट गरिएका कारण हिड्नै नसक्ने अवस्थामा पुगेकी छिन् । विहान आँगन सफा गर्दै गर्दा एक्कासी ५/७ जना मानिसहरु आएर जबरजस्ती बाबा भएको ठाउँमा पु¥याए र बोक्सीको आरोपमा कुटपिट गरेको उनि बताउछिन् ।

आफ्नै बुवाले यसको बोक्सी अव म झार्छु भन्दै निर्घात कुटपिट गरेको युवति बताउछिन । उन्ले म बोक्सी होईन मलाई नकुट्नुस् भनिरहिन् तर कसैले सुनेनन् । रमिता हेर्ने भिड लगाएर बसेका सबैै टुलुटुलु हेरिरहे । ६ घण्टा सम्म उन्को बोक्सी झार्ने भन्दै कुटपिट गरियो । मैले निरन्तर ६ घण्टासम्म कुटाई खाइरहीन्।’ उनले विलौना गर्दै भनिन् ।

आफुलाई कुट्नेहरुलाई राज्यले हदै सम्मको कारवाही भएको आफुले हेर्न चाहेको उनी बताउँछिन् । घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय सुखडले पक्रेर ल्याएका भोलेबाबालाई छुटाउन सयौको संख्यामा स्थानियहरु प्रहरी कहाँ पुगेका थिए ।

प्रहरीले घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी र वडा अध्यक्ष प्रेम रोकाया लगायतको रोहबरमा भोलेबाबा उर्फ राम बहादुर चौधरीले छोडिएको थियो । प्रहरीको चर्काे विरोध भएपछि प्रहरीले भोलेबाबालाई पुन पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।