रौतहटमा गोली चल्यो, एकजना घाइते

रौतहट– रौतहटमा बुधबार साँझ मोटरसाइकलमा आएका अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
जिल्लाको राजपुर ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो ।

स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रावि नजिकै गोली प्रहार भएको रौतहट प्रहरीले बताएकाे छ  ।  प्रहरीका अनुसार शेखको दाहिने कोखमा गोली लागेको छ ।

उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको मोतिहारी पठाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले गोली हान्नेको खेजी कार्य भइरहेको जनाएको छ ।