होलेरी बजारको फोहोर अव डम्पिङ साईडमा

होलेरी बजारको फोहोर व्यवस्थापनका लागी डम्पिङ साईडको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रोल्पा, प्युठान र रुकुमको प्रमुख प्रबेशद्धार होेलरी बजारमा फोहोर व्यवस्थापन गर्ने स्थान नुहुँदा बजार अव्यवस्थित भईरहेको निश्कर्ष सहित सरोकारवाला निकायहरुको पहलमा केही समय पहिले डपिङ साईड निर्माणको लागी पहल थालिएको थियो ।

रुन्टीगढी ५ जसपुर गाउँको ठुलोचौरमा डम्पिङ साईड निर्माण सम्पन्न भएसंगै अव वजारको फोहोर त्यहाँ लगेर फाल्न सकिने अवस्था सृजना भएको होलेरी बजार फोहोर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खत्रीले जानकारी दिनुभयो ।  फोहोर व्यवस्थापन समितिको नेतृत्वमा होलेरी बजार देखि झण्डै १ किलो मिटरको दुरीमा रहेको उक्त डम्पिङ साईडमा गल्ने र नगल्ने फोहोर राख्ने गरी निर्माण सम्पन्न गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । हाल आफ्नै तरीकाले फोहोर व्यवस्थापन गरिरहेका होलेरी बजारबासीले अव डम्पिङ साईडमा फोहोर फाल्न पाउने भएका छन ।

गत मंसिरबाट निर्माण सुरु भएको डम्पिङ साईडको निर्माण कार्य अहिले सम्पन्न भएको समितिका अध्यक्ष नन्दलाल खत्रीले बताउनुभयो । निर्माण सम्पन्न भएपश्चात अहिले पनि त्यहाँ पुगेर पानी राख्ने, सुरक्षाको काममा खटिएको उहाँको भनाई छ ।  बजार वरीपरी फोहोर फालिदै आउँदा राजनैतिक ईतिहाँसले चिनिने होलेरी बजारको सुन्दरतामा असर पुग्दै आएको थियो ।

झण्डै साढे ५ लाखको लागतमा निर्माण सम्पन्न डम्पिङ साईडमा अव प्रकृया पु¥याएर गाडीमार्फत फोहोर लगी फाल्न सकिने भएपछि बजारको सुन्दरतामा मद्यत पुग्ने बताईन्छ ।  यसैविच, होलेरी बजार फोहोर व्यवस्थापन समितिले २५ बटा फोहोर जम्मा गर्ने कन्टेनर राख्ने योजना बनाएको बताएको छ । बजारको फोहोर संकलन गर्ने कार्य अलि जटिल रहेको भन्दै त्यसका लागी सेवा केन्द्र देखि हाम्रो होटल सम्मको स्थानमा फोहोर जम्मा गर्ने कन्टेर राखिने भएको हो । ति कन्टेनरहरुमा गल्ने फोहोर एकातिर र नगल्ने फोहोर अर्को तिर जम्मा गरी डम्पिङ साईडमा लगी विसर्जन गर्न सहज हुने गरी कन्टेनरको व्यवस्थाका लागी गाउँपालिकासंग समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।।