ठुलीभेरी नगरपालिकाका मेयर शाही भन्छन् -सरकारको निर्णयमा कुनै छलकपट छैन्

काठमाडाैँ,ठुलीभेरी नगरपालिकाका मेयर गणेश शाहीले केन्द्र दुनैबाट जुफालमा सार्ने कुरामा आफ्नो कुनै छलकपट नभएको प्रष्ट पारेका छन । शाहिले यो सरकारी निर्णय भएकोले आफुले अनुमोदन मात्रै गरेको जिकिर गरे ।  जनताको माग र अाबश्यकता अनुसार सिंहदरबारको अधिकार गाँउगाँउमा सार्न यो पहलकदमी रहेको समेत बताए । यसमा अापति जनाउनु भनेकाे पिछडिएकाे डाेल्पालार्इ अझै दुर्गम पारेर त्यसकाे दाेहन गर्ने नियतिकाे पारकाष्ठ भएकाे बताए । 

भुगोल र जनसंख्याको तुलना र जनतालार्इ नगरपालिकाले दिने सेवा जुफालबाट नै सहज हुने भएकोले नगरसभाले गरेको निर्णयमा सरकारले गरेको निर्णय स्वागत योग्य रहेको बताए  । यसमा थप कोलाहल मच्चाउनु भनेकाे केहि ब्यक्तीहरूकाे अनाबश्यक किचलो र पूृवाग्रह भएको उनकाे भनार्इ थियाे  । साहिले अाफु जनताबाटै निर्वाचित भएर अाएकाेले जनताको इच्छा बिपरित काम नगर्ने समेत प्रतिबद्भता गरे । कुसे न्युजसंगकाे कुराकानीमा आफुहरुले कुनै जालसाजी र किर्ते नगरेर उपस्थित नगर पदाधिकारीको सर्बसम्मत निर्णयबाटै केन्द्र दुनैबाट जुफाल सारेको र जनताको सहज पहुँच र सबैको पायक पनि जुफाल नै भएकाले यसमा बिवाद गरि रहनुको कुनै अर्थ नरहने मेयर गणेश शाहीको भनार्इ छ  । 

उनले भने यदि बिधि पुगेकै हैन भने कानुनि बाटो छ प्रकृयामा जानु राम्रो हुन्छ तर सर्वसाधारण जनतासंग रिस पोख्नु राम्रो होइन ।आन्दोलन गर्नु भन्दा पनि बिधि र बिधानले गलत लागेको निर्णय भए सच्याउन पहल गर्नु भन्दापनि  हिंसामा उत्रिनु गलत भएको बताए । बहुमतले नगरपरिषदबाट पारित भएको कारण सरकारको निर्णय गलत नभएको उनको दावी  छ ।

पहिले कायम सदरमुकाम दुनैमा कायम गरिएको केन्द्र जुफाल सारेपछि भने सदरमुकामबासी छ दिन देखि आन्दोलमा छ। डोल्पाको ठुलीभेरि नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिषयमा दुनै पाचौं दिन पनि बन्द रह्यो । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको भन्दै १६ फागनु देखि सदरमुकामबासी आन्दोलित भएकाहुन् । पछिल्लो पटक ठुलीभेरी नगरपालीकामा दुर्इवटा कार्यालय चलाएपनि आधिकारीक जुफाल नै हुने बताइएको छ ।

यस्ताे भन्छन स्थानियबासी 

सरकारले निर्णय गरेर राजपत्रमा प्रकाशन भई सके पछि नगरपालिकाको कार्यालय जुफालबाट नै सञ्चालन हुने र कर्मचारिहरु सबैले जुफालबाट नै जनतालाइ सेवा प्रदान गर्नु पर्ने अन्य वडाका अध्यक्षहरुलो बताएका छन । बहुमतले नगरपरिषदबाट पारित भएको कारण सरकारको निर्णय गलत नभएको उनिहरुको दावी रहेको छ ।  ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सार्न जनताको माग र आवास्यक्ता भएको स्बाथानिय बासिको भनाइ रहेको छ ।

भुगोल र जनसंख्याको तुलना र जनतालाइ नगरपालिकाले दिने सेवा जुफालबाट नै सहज हुने भएकोले नगरसभाले गरेको निर्णयमा सरकारले गरेको निर्णय स्वागत योग्य रहेको वडा नं ९ का अध्यक्ष बिरमलकुमार भण्डारीले बताए । उनले भने यदि बिधि पुगेकै हैन भने कानुनि बाटो छ प्रकृयामा जानु राम्रो हुन्छ तर सर्वसाधारण जनतासंग रिस पोख्नु राम्रो होइन ।