पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान

नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा अर्थमन्त्री डा.युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे । स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट र दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क सचिवालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

अब्बासीले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी भ्रमणका क्रममा आफ्ना नेपाली समकक्षी प्रधामन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।