चिनियाँ राष्ट्रपति सीले सैन्य बजेट बढाएपछि, तनावमा ट्रम्प र मोदी

राष्ट्रपतिले सी जिङपिङको प्रस्तावमा चीनले सैन्य बजेटमा बृद्धि गर्ने भएको छ । नेशनल पिपुल्स कंग्रेसमा चिनियाँ प्रधानमन्त्री लि खचियाङले संसदको वार्षिक बैठकमा उक्त घोषणा गरेका हुन् ।

अब चीनको सैन्य बजेट १ सय ७५ विलियन डलर पुगेको छ । अागामी अार्थिक वर्षमा आर्थिक वृद्धि दर ६ दशमलब ५ प्रतिशतको लक्ष्य प्रधानमन्त्री लीको घोषणामा छ । चिनियाँ सरकारले आगामी वर्षमा आर्थिक,जनसंख्या, गरिबीलाई मुख्य मुद्दा बनाएको छ ।

कंग्रेसले राष्ट्रपति सीलाई दुई कार्यकाल राष्ट्रपति बनाउने कानुनी बाटो समेत खोल्ने भएको छ । एउटा व्यक्ति दुई कार्यकालका लागि मात्र राष्ट्रपति बन्न पाउने प्रावधान हटाउने अनुमान गरिएको छ । योसँगै सी तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्न पाउने बाटो खुल्नेछ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरिया प्रायदिपमा जारी द्वन्द्व र सीमा क्षेत्रमा भारतसँग भइरहेका सैन्य झडपलाई ध्यानमा राखेर सैन्य बजेटमा वृद्धि गरिएको हो । चीनले सैन्य बजेट वृद्धि गरेसँगै अमेरिका र भारतलाई थप तनाव बनेको छ ।