क्रान्तिकारीका नेता प्रहरी हिरासत भित्रै आमरन अनसनमा,स्वास्थ्य अबस्था नाजुक

नेकपा निकट भातृ संगठन अखिल क्रान्तिकारी सुर्खेतका नेता भिम कठायतले प्रहरी हिरासत भित्रै अनसन सुरू गरेका छन । बिनाकारण पक्राउ गरेका भन्दै कठायतले सुर्खेत जिप्रका हिरासतमा अनसन सुरू गरेका हुन । अखिल क्रान्तिकारीका नेता समेत रहेका कठायतले  हिरासतमा अनाबश्यकको मानशिक र भौतिक यातना दिएको र बिनाकारण राखिएको भन्दै  ७ दिनदेखि अनसनमा बसेको बताए ।

करिब एक हप्ता लामो प्रहरी हिरासतमा अनसनमा बस्दा उनको स्वास्थ्य स्थिति नाजुक भएको र राजयकाे दमन नराेकिए अझै कडा रूपमा संघर्षका कार्य्रकम घाेषण गर्ने क्रान्तिकारीका केन्द्रिय सचिबालय सदस्य भिष्मा कुमार शाहीले बताए  ।  शाहीले मानब अधिकारवादि संघसंस्था ,पत्रकार तथा नागरिक सामाजलार्इ बिनासर्त रिहार्इका लागि पहल गरिदिन समेत अाग्रह गरेका छन । 

हिरासतमा उनि सहित बिध्यार्थि नेताहरू धन बहादुर नेपाली र कमल सिंङ बुढा पनि प्रहरी हिरासतमा रहेका छन । नेकपाको भातृ संगठनको रूपमा रहेको क्रान्तिकारीका नेता कार्यकर्ता रिहार्इका लागि आइतबार देशभरका शिक्षण संस्था हडताल समेत गरेको थियो ।