बाँकेको नरैनापुरबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ

बाँकेको नरैनापुर गाउँपालिका ४ बाट प्रहरीले कटुवा पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ । संघिय प्रहरी इकाइ कार्यालय नेपालगन्जबाट खटिएको अनुसन्धान टोलीले कटुवा पेस्तोलसहित १ जनालाई नरैनापुरबाट नियन्त्रणमा लिएको हो ।

कटुवा पेस्तोलसहित पक्राउ पर्नेमा सोही ठाउँका ३३ बर्षिय रामप्रसाद बढई रहेका छन् । बढईले लुकाई छिपाई भारतबाट ल्याएको अवस्थामा नेपालगन्जबाट नरैनापुर पुगेको प्रहरी टोलिले उनीलाई नियन्त्रणमा लिएको हो ।

संघिय प्रहरी इकाइ कार्यालय नेपालगन्जका अनुसार बढईलाई खानतलासी गर्दा पेस्तोल बरामद भएको थियो । बढईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय भगवानपुरमा बुझाएको बताएको छ ।