धार्मिक अतिवादले एक राष्ट्र दुई राष्ट्रियताको गम्भीर प्रश्न उठन सक्छ

राष्ट्र र राष्ट्रको शासन ब्यवस्था प्रत्यक्ष जनताको जिवनस्तरसँग जोडिएको हुन्छ ।  त्यस देशको शासकले जनताको पुर्खेउली सरकार र रितिरिवाजमा धार्मिक पक्षपात गरेको खण्डमा धार्मिक बितण्डता निम्त्याउन सक्छ । धार्मिक स्वतन्त्रता र नैसर्गिक अधिकार बराबर समुदायमा प्रत्याभूत गराउन सक्नुपर्छ । आस्तिक उतेजनाबाट उर्लिएको भावनालार्इ राजनैतिक प्रशयदिनु भनेको सत्ता र शासन कमजाेर बनाउनु हुन्छ ।

लेखक

हाम्रो देश नेपाल जाति धर्म भूगोल भाषा संस्कृतिक सँस्कारको बहु आयामिक गौरव गाथा बोकेको राष्ट्र हो भने राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको ऐतिहासिक इतिहास पनि त्यतिकै महत्त्वपूर्ण छ।  नेपालको ऐतिहासिक अध्यन गर्दा किराँतकालिन सभ्यता भन्दा पहिलेको ऐतिहासिक इतिहास अध्यन गर्दैजादा किराँत कालमा नेपाल पुर्बको रंगपुर र दिनाशपुर जो अहिले बङ्गलादेशको सिमानामा पर्छ । पश्चिमको कास्मिर जो अहिलेको पाकिस्तानी सिमाना नजिकै छोएको छ । दक्षिण कामुरकमक्छ्यसम्म फैलिएको थियो । त्यतिबेलाको पौराणिक नेपाल सिङ्गो थियोे । पछि आयर लिच्छविकालमा आएर नेपाल ५३ राज्यमा टुक्रिएर रहेको तथ्य छ ।

त्यसैको निरन्तरतामा मल्लकालिन सभ्यता चलेको हो । गोर्खाका राजा पृथ्वीनारायण शाह र उनका कान्छा छोरा बहादुर शाहले नेपाल एकीकरण गरेर बिशाल नेपाल टृष्टा सतलज सम्मको भु भाग कायम भएको इतिहास सत्य हो । राजा पृथ्वीनारायण शाहाले चारजात छत्तीस बर्णको एउटा माला एउटा फुलबारी हो । भनेर भनेको कुरालाई सकारात्मक र गहिरोसँग बुझ्ने हो भने जातीय भेदभाव हुनु हुदैन धार्मिक पक्षपात भौगोलिक पक्षपाछ रहनु हुन्न भनेर परिभाषित गरेका हुन ।

त्यतिबेलाको मल्लकालिन सभ्यताको सामाजिक भेदभावपूर्ण नियमको निरुत्साहित गरेका हुन । पछि राज सँस्थाकै सुन्डा मुसुन्डाको मौखिक कानुनको पुस्तेउली राजपरिवारका नायकहरुले लागुगर्देको कारण देशमा जातीय बिभाजन र विभेद रहिआएको आएको हो। यद्यपि राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए गौतम बुद्ध नेपालका हुन्थे या अरुकुनै राज्यको भूगोल भित्र पर्थे यो बौद्ध मार्गिले बुझ्न जरुरी छ।

राजा पृथ्वीनारायण शाहको सालिक तोडफोड गर्ने पृथ्वीनारायण शाहको तस्बिरमा थुक्ने समाजले गौतम बुद्ध नेपालका हुन भन्ने सुहाउँदो हुन्छ या हुदैन गम्भीर बिषय बनेर आएको छ। दक्षिण एसियाको महा शक्तिशाली राष्ट्र र जनसंख्यालाई मध्यनजर गरेर पश्चिमी मुलुक युरोप र अमेरिकीहरुले कसरी चीन र भारतलाई काबुमा राख्न आफ्नो बलबुता प्रयोगमा ल्याउन खोजिरहेको छ । बौद्ध र हिन्दू बिछ धार्मिक अन्तरबिरोध पैदागरेर होस वा राज्यमा जातीय साम्प्रदायिक अस्थिरता कायम गराएर होस नेपालका बौद्धमार्गिमाथी टिकेर चिन र तिब्बतलाई डिसेन्टिग्रेड गर्ने पश्चिमी मुलुकहरूको चाल बुझ्न जरुरी देखिन्छ जस्को योजनाले पहिले नेपाल अस्तब्यस्त हुने खतरा त्यतिकै छ।

दलार्इ लामाको अभिव्यक्ति र नेपाल भारत सम्बन्ध

नेपाल भारतको सुगौली सन्धिसँगै चिसिएको सम्बनधलार्इ नेपाली शाषक र भारती शाषकबिच १९५० को सन्धिले केही मत्थर बनाउने काम गरेको छ । फेरि नेपाल र भारत बिचकाे आन्तरिक अन्तर्राष्ट्रिय सम्बन्धलार्इ नयाँ अन्तरबिरोधको रूपमा सृजना गरिदिनाको लागी पश्चिमी अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट परिचालित भएर बौद्ध भारत जनमेका हुन भन्ने पारेर नेपाल र नेपाली समाजमा उत्तेजना पैदा गराइदिने हेतुले उपयोग गरेको हो ।

जुन कुराले नेपाल भन्दा भारतलाई धेरै खतरा गर्छ यो कुरा भारतले बुझ्न जरुरी छ । भारतको सरकारी सिनेटमा एउटा यो कुरा सुइकारेका छनकी जतिबेला गौतम बुद्ध जन्मेको भूगोल बर्तमान नेपाल र भारत दुबैमा आधा आधा छ । बुद्ध नेपाल र भारतका साझाहुन भनेका छन । भारती बौद्धिक जगतले दलार्इ लामाको वास्तविक लिपिमा बुद्ध नेपालका हुन । ज्ञान् भारतमा आर्जन गरेकाहुन बर्तमान दलार्इ लामाले दिएको अभिव्यक्ति चुकिली हो ।भनेर सरकार सचेत हुन सुझाव समेत दियका छ्न । बर्तमन दलार्इ लामाको कारण नेपाल भारत सम्बन्ध र भारतको आन्तरिक राज्य कमजाेर हुने देखिन्छ । जसलार्इ मध्यनजर गरेर भारत सचेत रहन जरुरी छ ।

सामरिक महत्त्व र वैदेशिक हस्तक्षेपको खतराको हिसाबले पनि नेपाल भारतको मुटु हो । नेपालसँग भारतको आपसी मित्रता टुटाउन र नेपाली जनतालाइ भारतप्रती इमोसनल लेसनको उत्पादन गराउन पश्चिमीहरु कहिलेकाही भारत र कहिलेकाही नेपाल खेल्ने मौका खोजिरहेको देखिन्छ ।

नेपाल नेपाली समाज र पश्चिमाहरुको उदेश्य 

नेपाललाई पश्चिमी मुलुकहरूले एसिया महादेशको सिकार खेल्ने मुख्य नाका भनेर उनीहरुको सिआइएहरुले परिभाषित गरेका छ्न । उनिहरुले नेपाल भौगोलिक साँस्कृतिक र धार्मिक वैमनस्य पैदा गराएर नेपाल छिर्ने मजबुत मार्ग तयार गर्न चहान्छन । नेपालमा मधेस र पहाडी राष्ट्रबादमा भिन्न देखाउन सामदाम दण्डभेद प्रयोग गरिरहेका छन । जातीय अन्तरबिरोध धार्मिक अन्तरबिरोध भाषिक अन्तरबिरोध पैदा गरेर राज्य र जनसमुदाय बिचको दुरिमा दरार ल्याउन चहाएका छ्न ।

यो कुरालाइ हाम्रो राजनीति नृतृत्वले सामाजिक अन्तरबिरोध र धार्मिक समुन्वय गरेर अगाडि बढन नसके देशले भयानक डरलाग्दो क्षति मोल्ने संकेतहरु देखिन्छ । मधेसलाई पहाडी ईलाका र जनसमुदायबाट अलग गराएर नेपाल एउटा राष्ट्रमा दुईवटा राष्ट्रियता छन भन्ने साबित गराएर नेपालमा पश्चिमी नियन्त्रण राजनीति अस्थिरता कायम गराउन चहान्छ्न  । उनीहरुको लाभ उत्तरतिरको चीन र दक्षिणतिरको भारतलाई काबुमा राख्न नेपाललाई पहिले बिखन्डन र चरम अस्थिरता कायम गर्न चहान्छ्न । यो अवस्थालाई नेपालको नेतृत्व र बौद्धिक जनसमुदायको त्यतिकै जिम्मेवारी बनेर आएको छ।