अब्यस्थीत घरघडेरी र सडकका कारण संकटमा प्राकृतीक सम्पदा

अव्यवस्थीत सडक निर्माण र घर घडेरीका कारण प्राकृतिक सम्पदाहरू जाेखीममा परेका छन । यतिबेला रोल्पा जिल्लाका खोलानाला सुक्दै गएका छन भने नदिनालाहरू दिनप्रतिदिन साँघुँरीदै जान थालेका छन । तिव्र रुपमा अघि बढीरहेको मोटरबाटो खन्ने काम, दिनप्रतिदिन बढ्दै गएको तापक्रम, अव्यवस्थित घर घडेरी निर्माण गरी बस्ती बसाउनु जस्ता कारणले रोल्पाका माडी लगाएत अन्य साना खोलाहरु पनि संकटमा परेका हुन ।

गाउँगाउँमा पुर्याउन थालिएको सडक खन्ने क्रममा ढुंगामाटोलाई खोलामै फ्याल्नु, खोला वरीपरी वाँध वाध्नु, अनियन्त्रित रुपले खोलाबाट ढुंगा गिटटी बालुवा उत्खनन गरिनु, तटबन्ध निर्माण गर्नु, खोला छेउँछाउँमा खडेरी निर्माण गर्नु र घर निर्माण गरी बस्ती बसाउनु जस्ता मानवीय क्रियाकलापका कारण माडी खोला साँघुरिदै गएको छ ।

खोलाको आकार साँघुरिदै जानु मात्र नभई विगतको तुलनामा पानीको मात्रा पनि घट्दै गएको बताइएको छ । रोल्पा परिवर्तन गाउँपालिका १ कुरेली उपावाङका विराज बुढाले विगतको तुलनामा अहिले खोलामा बग्ने पानीे सुक्दै जान थालेको प्रति चिन्ता व्यक्त गर्नुुभयो । केही वर्ष पहिलेसम्म सुस्साउँदै बग्ने माडीको गति अहिले मन्द हुँदै गईरहेको उहाँको भनाई छ ।

सुख्खापन बढ्दै जानु, पानीको प्रयोग बढ्दै जानु, खोलाको पानीलाई ढुंगा माटोले पुर्ने जस्ता विभिन्न कारण पानीको मात्रा पनि घ्दै गएको हो । रुकुम चुनवाङबाट मिसिने चुनवाङ खोला, रोल्पा छेर्लावाङ, मिरुल, कुरेली लगाएत स्थानबाट बग्ने बगाउने खोला र धवाङबाट बग्ने धवाङ खोलालाई माडी खोलाको शीरका रुपमा लिने गरिन्छ । सहिद मार्ग अन्तरगत पर्ने दुईखोली खोला अहिले साँघुरो हुँदै गएको देख्न सकिन्छ । विकास निर्माण सवालमा रोल्पा अघि बढ्दै गरेको भएपनि प्राकृतिक सम्पदा नदी खाला नालाको संरक्षणतर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको त्यहाँका स्थानीयको भनाई छ । विगतमा सडकको पहुँच नपुग्दा रोल्पाका माथिल्ला भेगका सर्वसाधारणले दर्जनौं स्थानमा खोला तर्ने गरेकोमा अहिले भने अवस्था त्यस्तो नरहेको कुरेलीका सुक बहादुर बुढाको भनाई छ ।