पुल निर्माणका लागि सम्झौता गरेका ठेकेदार ७० लाख लिएर फरार

ललितपुर। पुल निर्माण कार्या १५ महिनाभित्र सम्पन्न गर्ने सम्झौता गरेका हुन् । त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीस“ग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका ठेकेदार श्यामबहादुर तामाङ सम्पर्कविहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी दिएको छ।

काम अलपत्र पारेर ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका छन्। वाग्मती गाउँपालिकामा पर्ने (छपेली–भट्टेडाँडा–इकुडोल) सडकअन्तर्गत टुंगुन कोरिडोरमा पर्ने भट्टेडाँडा र इकुडोललाई जोड्ने पुल निर्माण १५ महिनामा सम्पन्न गर्ने सम्झौता थियो। तर काम अघि बढ्न नसकेको प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रामेश्वर मरहठ्ठाले बताए।

स्थानीयले भने दुवै पक्ष दोषी रहेको भन्दै आक्रोश पोखेका छन्। ठेकेदारले काममा ढिलासुस्ती गर्नु भनेको जिल्ला प्राविधिक कार्यालयको कमजोरी भएको कांग्रेसको तत्कालीन जिल्ला सचिव रविन शर्माको भनाइ छ। पुल निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भए पनि मुलुक छाडेर कतै नगएको र उसलाई समात्न सकिने उनले बताए। अन्नपूर्ण पोस्टबाट