प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल सुटुक्क संसद भवन भित्र

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।

भवनभित्र उनी एक्लै गएका थिए। संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए। कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए।

पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्। एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन्। संघीय सांसदहरुको शपथआइतबार हुँदैछ।

प्रहरी कर्मचारीको अति गोप्य रहने कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा प्रहरीको खोजी सूचिमा रहेका एमाले सांसद तथा पूर्वडीआइजी  सिलवाल शनिवार नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरे । गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालाई पक्राउ गरेर उपस्थित गराईदिन ललिपुर प्रहरीलाई पत्राचार गरेपछि उनको खोजी शुरु भएको थियो ।