हुम्लामा आगलागीबाट २८ घर जले

प्रदेश सरकारले लिएकाे राहत पुगेन

हुम्लामा आगलागीबाट २८ घर जलेका छन्। शुुक्रबार राति आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। हुुम्ला सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिकाको वडा नम्बर १ काँडाजिमानाको घटवनामा रहेका घरगोठमा आगालागी भएको हो।

राती १० बजेर ४३ मिनेटमा स्थानीय हरिबहादुुर रिठालको गोठबाट फैलिएको आगोले पशुुवस्तुु, अन्नपात, लत्ता कपडा, भाँडाकुुँडा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएकाे छ। ‘आगलागीबाट २८ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। १ सय ५० बाख्रा र ६ वटा अन्य पशुुवस्तुु जलेर मरेका छन्,’ उनले जानकारी दिए। आगो बिहान ३ बजेतिर नियन्त्रण आएको थियो।

हुुम्ला र बाजुुरा जिल्लाको सिमानामा पर्ने सो ठाउँँमा हिउँदयाममा पशुुबस्तुु पाल्नकै लागि काँडा जिमानाका बासिन्दा त्यहाँ बस्दै आएका थिए। आगलागीबाट मानवीय क्षति नभए पनि पशुसहित धनमाल क्षति हुँदा पीडितको बिचल्ली भएको स्थानीय जगतबहादुुर शाहीले बताए। 

प्रदेश सरकारले छाराे टार्याे 

 आगलागी पीडितहरुलाई प्रदेश सरकारको समन्वयमा गृृह मन्त्रालयबाट उपलब्ध गराइएको राहत वितरण त गरिएको छ। तर कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले घटना स्थलमै गएपनि छाराे टार्ने काम भएकाे स्थानियले गुनाशाे गरेका छन । मुख्यमन्त्री शाहीले शनिबार राहत वितरण गरेका हुन्। तर राहत प्रायाप्त मात्रामा नपुगेकाे स्थानियले बताए ।

आगलागी पीडित २८ घरधुरीका परिवारलाई खाद्यान्न, टेन्ट, कम्बल र भाँडाकुुँडा वितरण गरिएको थियो। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, हुुम्ला जिल्लाका प्रतिनिधिसभाका सांसद छक्कबहादुुर लामा पनि आगलागी स्थलमा पुगेका थिए।