मोहन वैद्य भन्छन् – प्रचण्ड र बाबुरामले क्रान्तिको खिल्ली उडाए

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड र बाबुराम भटरार्इले जनयुद्भकाे खिल्ली उडाएकाे बताएका छन । बैदयले भरतपुरकाे एक कार्यक्रममा संबाेधन गर्दै प्रचण्ड र बाबुराम क्रान्तिकाे नाममा खिल्ली उडाएकाे बताए ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुनै समयको हिरो भए पनि अहिले खलनायक भएको जिकिर गरे  ।

नेकपा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता वैद्यले पछिल्लो समय प्रचण्डले नेपाली राजनीतिमा खलनायकको भूमिका खेलेको बताए ।

कांग्रेस र एमालेजस्ता पार्टीसँग गठबन्धन गरेर प्रचण्ड र बाबुराम भट्टराईले महान क्रान्तिको खिल्ली उडाएको बताउँदै वैद्यले नेपाली जनताको मुक्तिका लागि भएको १० वर्षे जनयुद्धमाथि ठूलो घात गरेको आरोपसमेत लगाए ।

महान क्रान्तिका लागि सबै कम्युनिष्ट शक्तिलाई गोलबद्ध गर्ने बताउँदै बैद्यले सहिदको सपना पूरा गर्न नयाँ जनयुद्धसमेत हुन सक्ने चेतावनी दिए। शहीद, बेपत्ता परिवार र घाइते योद्धा अभिनन्दनसमेत गरिएको त्यस कार्यक्रममा बोल्दै अब नयाँ जनयुद्धले शहीदको सपना पूरा गर्ने दावी गरे ।