बन्ला त विश्व रेकर्ड टुँडिखेलमा हजारौंले बुद्ध वचन त बाचन गरे

हजारौं मानिस टुँडिखेलमा भेला भएर एक साथ भगवान गौतम बुद्धको वचन धम्मपद बाचन गरेका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।

यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी छ । धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर रेकर्ड बनाएको थियो ।