नेपाली राष्ट्रिय क्रिकेटर सन्दिपले रचे अर्को इतिहास

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएको छ।

सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो। इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्धित भएर चर्चामा आएका सन्दिप क्यारेवियन प्रिमियर लिगमा समेत खेल्ने भएपछि उनको चर्चा झन चुलिएको छ।

१७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन्। सन्दिप अनुबन्धित बनेको सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्स क्लबमा वेष्ट इण्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी छन्। नागरिकबाट